पहिरोले पानी ट्यांकी र पाइप बगाउँदा सिस्नेको सुद्री टोलमा खानेपानी अवरुद्ध

  वास खबर सम्वाददाता  228 पटक हेरिएको

 

रुकुमपूर्व : सिस्ने गाउँपालिका-२ सुद्री टोलमा खानेपानी अवरुद्ध भएको छ। बिहीबारदेखि आएको अविरल वर्षाका कारण सेदारी खोलाको मुहानमा गएको पहिरोको कारण पानी ट्यांकी र पाइपमा क्षति गर्दा पानी अवरुद्ध भएको हो।

स्थानीय जनप्रतिनिधि दिनेशकुमार गौतमको नेतृत्वमा खटिएको दर्जन बढी युवाहरूको निरन्तर प्रयास जारी रहे पनि पानी सुचारु हुन सकेको छैन। करिब ४० वर्ष सम्म निरन्तर चलेको पानी अहिलेको वर्षाले बनाउनै नसकिने गरी अवरुद्ध भएको फुलबारी सामुदायिक वन समूहका अध्यक्ष गोविन्द विकले बताउनुभयो। स्थानीय जनप्रतिनिधि गौतमले शुक्रबार बिहानदेखि नै पानीको अभाव भएकाले गाई बस्तु र मानिसलाई पिउन र दैनिकी खाना बनाउन समेत अप्ठ्यारो भएको बताउनुभयो।

सुद्रीमा नजिकै पानीका मुहान र अरु वैकल्पिक उपाए नभएका कारण जनजीवन कष्टकर बनेको छ। निरन्तर ढुंगासहितको पहिरो खसिरहेको हुँदा पानी बनाउन नसकिएको बताइएको छ। पहिरो गएको ठाउँमा पाइप चुडेर गएको र तत्काल अरु पाइपको व्यवस्थापन नभएकाले यो समस्या अझै लम्बिने आकलन गरिएको छ।

पहिरोले गर्दा सिस्ने गाउँपालिका(२ को दत्कुना, रोका डेरा, बल्लेजुर, सल्लेरी, चेन्धारा र सुद्री गाउँमा पानीको अभाव भएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार