मेलम्ची आए लगत्तै केयूकेएलको खानेपानी वितरण तालिका परिवर्तन

  वास खबर सम्वाददाता  489 पटक हेरिएको

काठमाडौ : मेलम्चीको पानी काठमाडौं उपत्यकामा आईपुगेसँगै काठमाडौ उपयत्यका खानेपानी लिमिटेडले खानेपानी वितरण तालिका परिवर्तन गरेको छ । केयूकेएलको खानेपानी वितरण केन्द्र तथा शाखा कार्यालयहरुले खानेपानीको तालिका परिवर्तन गरेको हो । बानेश्वरको मीनभवन शाखाले दशै अवधि भरिका लागि छुट्टै खानेपानी वितरण तालिका सार्वजनिक गरेको छ।

खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रसोधन केन्द्रबाट उपत्यकाका उपभोक्ताका लागि पानी पठाउनु भएको थियो। सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० का विभिन्न पानी वितरण शाखामा पानी पठाइएको र ती शाखाहरूबाट पानी वितरण प्रक्रिया सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले खानेपानीमन्त्री सहित सरकारी अधिकारी र मेलम्ची संघर्ष समितिबीच सोमबार राति १० बुँदे सहमति भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरिएको र उपत्यकामा पठाएको जानकारी गराउनुभयो। उहाँका अनुसार प्रशोधन केन्द्रको क्षमता भन्दा बढी पानी मेलम्चीको सुरुङबाट ल्याएको र त्यसलाई वागमती नदीमा पठाईएको छ ।

बर्खा सुरु भएसँगै गत असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । उपत्यकामा दैनिक ४७ करोड लिटर पानीको माग रहँदै आएको बताइएको छ ।

मेलम्चीको पानी असार १० गतेदेखि बन्द गरिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले विभिन्न स्रोतबाट जम्मा गरेर करिब १६ करोड लिटर पानी वितरण गर्दै आएको थियो ।

२०७८ असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । काठमाडौंमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी भैरहेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार