७९ वटा खानेपानी आयोजनाको स्रोत सहमति

  वास खबर सम्बाददाता  312 पटक हेरिएको


काठमाडौ : खानेपानी मन्त्रालयले ७९ वटा खानेपानी तथा सरसफाइ आयोजनाको स्रोत सहमतिका लागि अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा अनुरोध गरेको छ। चालु आर्थिक बर्षमा बहुबर्षीय ठेक्का व्यवस्थापन मार्फत आयोजना कार्यान्वयनका लागि ७९ वटा खानेपानी तथा सरसफाइ आयोजनाको स्रोत सहमतिका लागि अनुरोध गरिएको खानेपानीमन्त्री प्रदीप यादवको सय दिने प्रतिवेदनमा उल्लेख छ।

यस्तै बाढी पहिरोजन्य विपदबाट क्षति भएका ५२५ वटा खानेपानी आयोजनाहरुो विवरण तयार गरिएको छ र क्षतिग्रस्त आयोजनाहरुको मर्मत तथा पुनस्र्थापनाका लागि कार्ययोजना तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै  तराई मधेसका १७ जिल्ला (उदयपुर, सुनसरी, मोरङ, झापा, महोत्तरी, सिरहा, धनुषा, सर्लाही, पर्सा, बारा, रौतहट, रुपन्देही, कपिलवस्तु, नवलपरासी, सुस्ता पश्चिम, कैलाली र कञ्चनपुर) मा ओभरहेड ट्याङ्क बनेका तर वितरण सञ्जाल, नभएका जीर्ण भएका र थोरै बजेट भएमा सञ्चालनमा आउन सक्ने २८० वटा अलपत्र रहेका आयोजनाहरुमा बजेट व्यवस्थापनका लागि राष्ट्रिय योजना आयोगमा अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार