मकवानपुर : हेटौडा उपमहानगरपालिकाको वन, वातावरण तथा विपद व्यवस्थापन महाशाखा अन्तर्गत कार्यरत सबै सरसफाइकर्मी र परिवारको समेत एक लाख बराबरको बीमा गरिएको छ । गत आर्थिक बर्षमा ३२ जना सरसफाइकर्मी र उनीहरुको परिवारको समेत स्वास्थ्य बीमा गरेको उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा सरसफाइकर्मी र मालीको समेत बीमा गर्ने गरी बजेट विनियोजन गरिएको छ ।
चालु आर्थिक बर्षमा बीमाका लागि २ लाख ७४ हजार ६ सय रुपैयाँ विनियोजन गरिएको वन, वातावरण तथा विपद व्यवस्थापन महाशाखा प्रमुख सत्यदेवी अधिकारीले बताउनुभयो । यो रकम ७८ जनालाई स्वास्थ्य बीमा गर्न पुग्ने रकम हो । बार्षिक १ लाख बराबरको स्वास्थ्य बीमा गर्न प्रति व्यक्ति प्रति बर्ष ३ हजार ५ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ ।
एक जनाको मात्र बीमा गर्दा पनि बार्षिक ३ हजार ५ सय रुपैयाँ र परिवारका पाँचै जनाको पनि त्यही रकमले समेट्ने भएपछि ३२ जना सरसफाइकर्मी र उनीहरुका परिवारका सदस्य गरी १६० जनाको स्वास्थ्य बीमा गरिएको उहाँले बताउनुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :