मुर्गिया खानेपानीलाई ढल महसुल बाट एक बर्षमा ३ लाख बढी आम्दानी

  वास खबर सम्बाददाता  191 पटक हेरिएको


रुपन्देही : रुपन्देहीको सैनामैना नगरपालिका ४ स्थित मुर्गिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आर्थिक बर्ष २०८०/०८१ मा ढल महसुलबाट मात्र ३ लाख ३ हजार ६ सय ७३ रुपैयाँ आम्दानी गरेको छ ।

संस्थाको ४ हजार ५०४ घरधुरी खानेपानी उपभोक्ता छन् । ती मध्ये ४०६ घरधुरीमा व्यबस्थित ढल जडान गरिएको छ । ढल सेवा लिईरहेका उपभोक्ताबाट मात्र ढल सेवा शुल्क संकलन गर्दा पनि एक बर्षमा ३ लाख भन्दा बढी आम्दानी भएको संस्थाका प्रमुख दिपक आचार्यले बताउनुभयो ।

उहाँका अनुसार खानेपानी महसुलको २० प्रतिशत रकम थप गरी ढल सेवा शुल्क लिईरहेको छ । ढल सेवा शुल्कलाई सिस्टम भित्रै समाहित गरिएकाले ग्राहकले तिर्दैनौं भन्न नमिल्ने उहाँले बताउनुभयो । ‘खानेपानी महसुल तीन महिनासम्म नतिरे धारा काटिने प्रावधान भएकाले खानेपानीको महसुल बुझाउँदा ढलको सेवा शुल्क पनि तिर्ने गरिएको छ’ उहाँले भन्नुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलको आर्थिक सहयोगमा सैनामैना ४ राधाकृष्ण टोलमा ढल प्रशोधन केन्द्र निर्माण गरी सञ्चालन भईरहेको छ । उक्त प्रशोधन केन्द्रमा संस्थाको सेवा क्षेत्र भित्रका ४ सय ६ घरधुरीको भान्छा, शौचालय, स्नान गृहबाट निस्किने फोहोर पानी व्यवस्थापन हुँदै आएको छ ।


यस्नै सैनामैना ३ राम बस्तीमा रहेको ढल प्रशोधन केन्द्रको पनि मर्मत तथा पुनः निर्माण भईरहेको मुर्गिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपाध्यक्ष देवीदत्त सुवेदीले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार