सप्तरीका दुई वटा सामुदायिक विद्यालय दुई तारे घोषणा

  वास खबर सम्बाददाता  312 पटक हेरिएको


सप्तरी : सप्तरीको विष्णुपुर गाउँपालिका र सप्तकोशी नगरपालिकाका दुईवटा विद्यालयलाई दुई तारे घोषणा गरिएको छ । विष्णुपुर गाउँपालिका ४ को जनता माध्यमिक विद्यालय कनकटा र सप्तकोशी नगरपालिका ४ स्थित राष्ट्रिय बिशेश्वर बैरागी आधारभूत बिद्यालय बल्लार्दहलाई सप्तकोशी नगरपालिका प्रमुख कृष्ण प्रसाद ढकाल एवं विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवको प्रमुख अतिथ्यमा दुईतारे विद्यालय घोषणा गरिएको हो ।

विष्णुपुर गाउँपालिका र सप्तकोशी नगरपालिकाका सँगको समन्वयमा महुली सामुदायिक बिकाश केन्द्र (MCDC) को सहजीकरण, Welt Hunger Hilfe (WHH) र पालिकाको सहयोगमा सञ्चालित Up-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepal परियोजना अन्तर्गत नेपाल सरकारको बिद्यालय खानेपानी सरसफाइ कार्यविधि २०७४ अनुसार दुई तारे विद्यालय घोषणा गरिएको हो ।


विद्यालयमा विद्यमान खानेपानी र सरसफाइका सुविधा, स्वच्छता अभ्यासको अवस्था, संस्थागत सुदृढीकरण र दिगोपनासँग सम्बन्धित तोकिएको सूचकहरूको आधारमा विद्यालयले स्वमूल्याङ्कन गरी विद्यालय व्यवस्थापन समितिको सिफारिसमा गाउँपालिका वा नगरपालिकाबाट तोकिएको समितिले प्रमाणीकरण गरे अनुसार विद्यालयलाई तारामा वर्गीकरण गरिएको छ।

 


दिगो विकास लक्ष्य नं. ४ र ६ अन्तर्गत सबै विद्यालयहरूमा सुरक्षित तवरले व्यवस्थित खानेपानी, सरसफाइ र स्वच्छताको प्रावधान हुनुपर्ने गरी सूचकाङ्क तोकिएको छ।

खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी १० वटा सूचकहरु खानेपानी, शौचालय, सफा स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था दिगोपन, विपद जोखिम व्यवस्थापन र प्रबर्द्वन र दिगोपनका लागि संस्थागत व्यवस्था लगायतका मापदण्डहरू पूरा गरेपछि विद्यालय दुई तारे सुनिश्चित घोषणा भएको महुली सामुदायिक बिकाश केन्द्र, सप्तरीका वाश अधिकृत सन्तोष चौधरीले बताउनुभयो।


दुई तारे घोषणा गर्न विद्यालयले चालेको कदम सराहनीय भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले बताउनुभयो । उहाँले यो अभियानमा साथ सहयोग गर्ने सम्पूर्णको कदम सराहनीय भएको बताउनुभयो ।

आगामी दिनमा अझैं शिक्षाको क्षेत्रमा फड्को मार्दै जाने र नगरपालिका शिक्षाका लागि नमूना क्षेत्र बनाउने सप्तकोशी नगरपालिका प्रमुख कृष्ण प्रसाद ढकालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

घोषणा सँगै जनता माध्यमिक विधालय कनकटामा अध्ययनरत ७५२ जना र राष्ट्रिय बिशेश्वर बैरागी आधारभूत बिद्यालय बल्लार्दहमा अध्ययनरत ३७० जना बालबालिकाको स्वच्छ खानेपानी, सरसफाइ र स्वच्छतामा पहुँचपुगेको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार