कर्णालीका १० हजार घर अझै शौचालय विहीन

  वास खबर सम्बाददाता  144 पटक हेरिएको

कर्णाली : कर्णालीमा अहिले पनि झन्डै १० हजार घरधुरीमा शौचालय निर्माण भएका छैनन्। प्रदेशको ऊर्जा तथा जलस्रोत मन्त्रालयका अनुसार कर्णालीमा ९ हजार ५ सय ९६ घरधुरी शौचालयविहीन छन्।

कर्णालीमा कुल तीन लाख ६६ हजार ३७ घरधुरी छन्। जसमा सार्वजनिक ढल भएका शौचालय ८ हजार १ सय ४९ घरधुरीमा छ। सेफ्टीट्यांकी भएको शौचालय २ लाख २० हजार २ सय २६ घरधुरीमा छन्। खाडल भएका शौचालय १ लाख २६ हजार ७ सय ७९ घरधुरीमा छन्। १ हजार २ सय ८७ घरधुरीले सार्वजनिक शौचालयहरू प्रयोग गर्ने गरेका छन्। कर्णालीमा ३ लाख ५६ हजार ४ सय ४१ घरधुरीले शौचालयको निर्माण गरेका छन्।

कर्णालीमा जिल्लागत संख्या हेर्दा सुर्खेतमै शौचालय नभएका घरको संख्या सबैभन्दा धेरै छ। सुर्खेतमा अझै पनि २ हजार १ सय ७३ घरधुरी शौचालयविहीन रहेका छन्। त्यसैगरी दैलेखमा १ हजार १ सय २०, सल्यानमा १ हजार ८३ र जाजरकोटमा १ हजार ६६ घरधुरी शौचालयविहीन छन्।

यस्तै कालीकोटमा ९ सय २८, डोल्पामा ७ सय ५१, मुगुमा ६ सय ८५, जुम्लामा ६ सय ४९, हुम्लामा ६ सय १ र रुकुमपश्चिममा ५ सय ४० घरधुरी शौचालयविहीन छन्।

कर्णालीमा १ हजार बढी घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्छन्। यहाँका कुल १ हजार २ सय २७ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने गरेको अभिलेख छ। जसअन्तरगत सुर्खेतमा ३ सय ४६, दैलेखमा २ सय १, रुकुमपश्चिममा १ सय ४३ र जाजरकोटमा १ सय ४ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने तथ्यांक छ।

जुम्लामा ९४, कालीकोट र मुगुमा ९२/९२ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्छन्। यो खबर अन्नपूर्ण पोष्ट दैनिकले प्रकाशन गरेको छ। त्यसैगरी सल्यानमा ८३, डोल्पामा ७८ र हुम्लामा ५४ धरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने गरेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार