
रुकुम : जिल्ला स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) वास क्लस्टरको समिक्षात्मक बैठक सम्पन्न भएको छ । रुकुमको जिल्ला सदरमुकाम खलंगामा भएको बैठकमा संयुक्त पुनर्लाभ कार्ययोजना (JRAP) परियोजना अन्तर्गत युनिसेफ र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित वास पुनर्लाभ कार्यक्रम र वास सम्बन्धी अन्य कार्यक्रमहरुको समीक्षा गरिएको छ ।
वास पुनर्लाभ कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रमको बारेमा रुकुमेली समाज विकास केन्द्रका कार्यक्रम अधिकृत बमबहादुर खड्काले प्रस्तुतीकरण गर्नुभएको थियो ।
त्यस्तै जिल्लामा अन्य संघसंस्थाले भूकम्प पछि जिल्लामा गरेका गतिविधिको बारेमा समीक्षा गरिएको थियो । सहभागीहरुले खानेपानी सुरक्षित र पहुँच योग्य हुनुपर्ने, खानेपानी सम्बन्धीका काम गर्दा दिगोपनामा ध्यान दिनुपर्ने लगायत सुझाव दिएका थिए । साथै सरकारी तथा गैरसरकारी संस्थाहरुद्वारा जिल्लामा सञ्चालित खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी कार्यक्रमको समेत समीक्षा गरिएको थियो ।

जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) का अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमको अध्यक्षता र कर्णाली प्रदेश नीति तथा योजना आयोगका सदस्य डम्बर बहादुर रावतको प्रमुख आतिथ्यमा सञ्चालित समीक्षा बैठकमा आगामी दिनमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी गुरु योजना बनाएर अगाडि बढ्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
बैठकमा जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विक, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष मानबहादुर रोकाय, खानेपानी तथा उर्जा विकास कार्यालयका प्रमुख तेजनारायण महतो, शिक्षा विकास तथा समन्य इकाइका प्राविधिक सहायक डायमण्ड पुन, उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, गैरसरकारी संस्था महासंघका सचिव गोकर्ण खड्का, रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओली रपत्रकार महासंघका उपाध्यक्ष देवकुमार ओली लगायत सरोकारवालाको उपस्थिति थियो।



345 पटक हेरिएको 

