सुर्खेत : बार्षिक कार्य सम्पादन लेखाजोखा (PAPA) मा सर्बोत्कृष्ट अंक प्राप्त गर्ने स्थानीय पालिकाहरुलाई सिकाई आदान प्रदान भ्रमणको अवसर दिईएको छ। गत आर्थिक बर्ष २०८०/८१ मा सहभागितात्मक दैलेखको नौमुले गाउँपालिका, भगवतीमाइ गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र तहा कार्यरत वास युनिटका संयोजकहरु, सेवा सहायता केन्द्रका सहजकर्ताहरुलाई सिकाई आदान प्रदान भ्रमण गराईएको सुस्वाका सुशासन बिज्ञ निराजन श्रेष्ठले जानकारी दिनुभयो।
नेपाल सरकार, फिनल्याण्ड सरकारर युरोपियन युनियन र स्थानीय पालिकाहरुको सहलगानीमा कर्णाली प्रदेशको २८ पालिकामा संचालित सबैको लागि दिगो खानेपानी , सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को आर्थिक तथा प्राबिधिक सहयोगमा ७ दिने भ्रमण हालै सम्पन्न भएको हो ।
कर्णाली प्रदेशको दुर दराजमा अवस्थित पालिकाहरुको खानेपानी , सरफाइ र स्वच्छता ब्यबस्थापन समितिको बार्षिक कार्य सम्पादन र त्यस पालिकाहरुमा रहेका वास युनिटहरुको बार्षिक कार्य सम्पादनला मुख्य सूचकमा राखी सुस्वा आयोजना लागु भएका पालिकाहरु मध्ये २१ वटा पालिकाको कार्य सम्पादन मुल्यांकन गरिएको थियो ।
गण्डकी प्रदेस, बागमती प्रदेस र लुम्बिनी प्रदेशमा रहेका स्थानीय पालिकाहरुले सुशासनको क्षेत्रमा गरेका असल अभ्यासहरु, बातावरणमैत्री बिधुतिय सुशासन अभ्यास, तहगत समन्वय, सहकार्यको वर्तमान अवस्था, नीतिगत व्यवस्था, पारदर्शिता जवाफदेहिताका सवालहरुमा भइरहेको असल अभ्यास बारे जानकारी हासिल गर्ने भ्रमणको उद्देश्य थियो।
त्यसैगरी भ्रमणले आगामी दिनहरुमा अन्तरपालिका स्तरीय सम्बन्ध विस्तार लाई बढावा दिनेमा समेत छलफल केन्द्रित रहेको थियो । स्थानीय स्तरमा उत्पादित कृषि, जैविक बिबिधता तथा आन्तरिक तथा बाह्रय पर्यटनको बिकासमा अन्तरपालिका बीचमा के कस्ता भावी प्रयासहरु के हुन् सक्छन भन्नेमा भ्रमण दलका सहभागीहरु बाट जिज्ञासा राखिएको थियो ।
स्थानीय तहहरुको दिगो बिकासका लागि कृषि, पर्यटन र जलश्रोतलाइ मुख्य आधार बनाएर अगाडि बढ्न सकेमा अवश्य पनि नेपाल जस्तो मुलुकको लागि एउटा महत्वपुर्ण अवसर हुने र प्राइभेट पार्टनरसिप मोडेलको अबधारणालाइ अगाडि बढ्दै गएमा स्थानीय तहको विकास निर्माण तीव्र गतिमा अगाडि बढ्ने कुरा बुटवल उपमहानगरपालिकाका मेयर खेल राज पाण्डेले अन्तरक्रिया कार्यक्रममाबताउनुभयो।
सो टोलीको भ्रमण गण्डकी प्रदेशको कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतको टिम, शहिद लखन गाउँपालिकाको वडाध्यक्ष लगायतको टिम, अमरावती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पानी प्रशोधन केन्द्रको अबलोकन र संस्थाको पदाधिकारीहरु सँग अन्तरक्रिया, अबलोकन भ्रमण र छलफल गरेको थियो ।
त्यसैगरी वागमती प्रदेशमा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल लगायतको टिम सुशासन र बिकास निर्माणमा बहस केन्द्रित गरिएको थियो भने चितवनकै रत्न नगरपालिकाका मेयरसँग पर्यटन नगरी सौराहाको खानेपानी ब्यबस्थापनका लागि त्यहाँको उपभोक्ता समिति सँग रत्ननगर खानेपानी तथा सरसफाइ संस्था सँग एकिकरण गर्ने गरिएको पालिकाको सहजीकरणको बारेमा भएका प्रयास सँग सम्बन्धित बिषयबस्तुमा व्यापक छलफल गरिएको थियो ।
रत्ननगर खानेपानी तथा सरसफाइ संस्था सँग संस्थागत बिकासका लागि आइपरेको चुनौती र असल अभ्यासहरुमा बारेमा छलफल गरिएको थियो । भ्रमणको अन्तिम दिन अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाको पुर्नभरण पोखरी, खाल्टो र जलबायु उत्थानशील संरचनाको स्थलगत अबलोकन गरिएको थियो ।
भ्रमण अबधिभर छलफल र अन्तरक्रियामा संग्लन तीनै प्रदेसका पालिकाहरु र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु प्रति आयोजक सुस्वा आयोजनाले आभार व्यक्त गरेको छ । भ्रमण अन्यन्तै फलदायी रहेको र यो सिकाइले आगामी दिनमा पालिकाको सेवा प्रवाह र सुशासन अझै प्रभावकारी हुने र असल अभ्यासहरुको अनुसरण गरिने भ्रमण दलका प्रमुख तथा उपप्रमुखहरुले व्यक्त गर्नुभयो। सात दिने भ्रमण अत्यन्तै फलदायी रहेको जानकारी सर्केगाड गाउँपालिकाका अध्यक्ष थान बाहादुर रोकायाले बताउनुभयो।