विद्युत प्राधिकरणले विद्युतलाइन भूमिगत गर्दा मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीमा क्षति

GIS म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुट्यो

  वास खबर सम्बाददाता  578 पटक हेरिएको

काठमाडौ : नेपाल विद्युत प्राधिकरणले विद्युतलाइन भूमिगत गर्ने क्रममा काठमाडौंको बबरमहलमा मूल सडकको वन परिसरतर्फको सडक मुनि बिच्छ्याइएको मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको पाइपलाइनमा क्षति पुगेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पी.आई.डी) बाट वनपरिसर तर्फको सडकमुनि बिच्छ्याइएको मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको २० इञ्चको पाइपलाइन नेपाल विद्युत प्राधिकरणको ठेकेदार कम्पनी के.ई.आई. ले निर्देशनालयबाट उपलब्ध गराइएको थोक वितरण प्रणालीको GIS म्यापलाई बेवास्ता गरी कार्य गर्दा पाइप फुटेर क्षति भएको हो ।

वन परिसर अगाडिको सडकमा विद्युतलाइन भूमिगत गर्नका लागि पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधानीबश मेलम्चीको उक्त पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी के.ई.आई. का सुपरभाइजर अविनाश कुमारले स्वीकार गरेको पिआईडीले जनाएको छ।

पी.आई.डी. बाट हस्तान्तरण भई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) बाट संचालनमा रहेको उक्त पाइपलाइनमा हाल मेलम्चीको पानी पठाउन बन्द गरिएको र क्षतिग्रस्त पाइपलाइन तत्काल मर्मत गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरिएको पिआईडी जनाएको छ।

यसअघि, पी.आई.डी. ले काठमाडौं उपत्यकामा विच्छ्याइएका मेलम्चीका थोक वितरण प्रणाली र वितरण सञ्जालका पाइपलाइनमा क्षति नपुग्ने गरी निर्देशनालयसँग समन्वय गरेर मात्र विद्युतलाइन भूमिगत गर्ने, सडक तथा ढल निर्माणरमर्मत गर्ने लगायतका कार्य गर्न सम्बन्धित निकायहरूलाई पटक पटक आग्रह गर्नुका साथै पत्राचार समेत गर्दै आएको थियो।

आज दिउँसो बबरमहलको वन परिसर अगाडिको सडक छेउँमा मेलम्चीको पाइप फुटेको थियो । बाढी जसरी पानी बग्दा बबरमहल क्षेत्रका सरकारी कार्यालयहरु डुबानमा परेका छन् । सो क्षेत्रमा वन परिसरका साथै विशेष अदालत, काठमाडौं जिल्ला अदालत (दोस्रो भवन) लगायतका कार्यालय परिसर जलमग्न भएका छन् ।

पानी अनियन्त्रित भएर बग्दा अदालतका पेशी स्थगित गर्नुपरेको थियो भने सरकारी कार्यालयका कामकाज पनि प्रभावित भएको थियो ।

SCAN0008


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार