बर्दिया : लामो समयदेखि खानेपानी अभाव झेलिरहेको गुलरियाका नागरिकलाई अझै स्वस्थ खानेपानीको अनिश्चितता बढ्ने देखिएको छ । सरकारी लगानीमा स्वच्छ खानेपानी आपूर्ति नभएपछि भूमिगत आर्सेनिकयुक्त पानी उपभोग गर्न आम नागरिक बाध्य भईरहेका छन् ।
गुलरियास्थित खानेपानी उपभोक्ता समितिको बेवास्ताले भूमिगत पानीमा उच्च आर्सेनिकको मात्रा देखाए पनि आम उपभोक्ताले भुमिगत पानीमा निर्भर रहँदा स्वास्थ्यको उच्च जोखिममा पर्ने देखिन्छ । गुलरिया नगरमा खानेपानी आपूर्ति झनपछि झन अनिश्चित बन्दै गएको देखिएको छ । बम्बा वा नलको पानीको प्रयोग गर्न परिरहेको स्थानीय उपभोक्ता गुनासो गर्छन । एक वर्ष अघिदेखि खानेपानी आपूर्ती असहज भएपनि ग्राहकबाट मासिक शुल्क खानेपानी उपभोक्ता समितिले असुल गरिरहेको छ ।
गुलरियामा खानेपानी संस्थाले सहज आपूर्ति दिन नसक्दा आम उपभोक्ता मर्कामा परेका छन् । कहिलेकाहीँ पानी आएपनि दुषित पानी दिँदै आएको खानेपानी सेवा अहिले बन्द जस्तै बनेको छ तर, सरोकारवाला निकाय स्वास्थ्य जस्तो संवेदनशील विषयमा गम्भीर भएको देखिदैन । बेला बेलामा कालो दुषित पानी बोतलमा भरेर सामाजिक संजालमा समेत विरोध भईरहेको छ ।
गुलरियास्थित खानेपानी उपभोक्ता समितिले संरचनागत लाखौ लगानी गरेपनि बिभिन्न बहानामा खानेपानी आपूर्ती गर्न नसक्दा ‘सरकारको लगानी बालुवामा पानी’ हाले सरह भएको छ । बर्षौ अघि दैनिकरुपमा बिहान र बेलुका स्वस्थ खानेपानी दिइरहेको पानी दिन नसक्दा अहिले खानेपानी उपभोक्ता समिति कामविहीन बन्दै गएको छ । प्राविधिक समस्याले कहिलेकाहीँ दुषित पानी सप्लाई हुने गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष मिनराज शर्माले स्वीकार गर्नुभयो।
‘पानी छान्ने मोटर बिग्रँदा त्यस्तो समस्या देखिन्छ,’ उहाँले भन्नुभयो ‘हाम्रो समस्याले त्यस्तो भएको होइन ।’ हुलाकी सडक भत्काएर पाईप बिस्तार गर्न रुकावट आएसम्म खानेपानी समस्याको समाधान गर्न नसकिने अध्यक्ष शर्मा बताउनुहुन्छ। ‘पाईप विस्तार गर्न बिभागबाट अनुमति ल्याउनुपर्ने उल्लेख गर्दे विभागले जहिले अनुमति दिन्छ त्यहिँ बेला पाईप विस्तारको काम हुने र सम्पन्न भएपछि मात्र खानेपानी सहज आपूर्ति हुनेअध्यक्ष शमाको भनाई रहेको खबर नागरिक दैनिकले प्रकाशन गरेको छ।