भारतमा हुने खानेपानी र सरसफाइ सम्बन्धी कार्यक्रममा खानेपानीमन्त्री यादवले भाग लिने, खानेपानी र सरसफाइ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

  वास खबर सम्बाददाता  539 पटक हेरिएको

काठमाडौ : खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रको विकास सम्बन्धी कार्यक्रममा भाग लिन खानेपानीमन्त्री प्रदीप यादव भारत जानु हुने भएको छ ।

२०८१ फागुन १८ गतेदेखि २२ गतेसम्म भारतमा हुन लागेको खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्री प्रदीप यादवलाई स्वीकृति प्रदान गर्ने मन्त्री परिषद बैठकले निर्णय गरेको हो।

फागुन १२ गतेको मन्त्रिपरिषद बैठकका निर्णय मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गर्नु भएको हो ।

बैठकका थप निर्णयहरुः

√ भारतको जयपुरमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका  सदस्य डा. रमेशप्रसाद सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

√  थाइल्याण्डको बैंककमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

√  संयुक्त राज्य अमेरिकामा २०८२ वैशाख १४ गतेदेखि १७ गतेसम्म आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

√  आर्थिक वर्ष २०८०–८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने ।

√  विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट तेस्रो चरणअन्तर्गत १५० मिलियन अमेरिकी डलर बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्न अख्तियारी दिने ।

√  २०८१ फागुन १८ गतेदेखि २२ गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाई स्वच्छता क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन माननीय खानेपानी मन्त्रीलाई स्वीकृति दिने ।

√  संवत २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत उपलब्ध गराउने

√  झापा जिल्ला, गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गा दर्तासम्बन्धी (पहिलो संशोधन) आदेश, २०८१ स्वीकृत गर्ने

√ २०८१ फागुन २७ र २८ मा संयुक्त राज्य अमेरिकाकोमा आयोजना हुने कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

√  मिति २०८१ फागुन २१ गतेदेखि २३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने ।

√  पथरी शनिश्चरे नगरपालिका, मोरडलाई सोही नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोही नगरपालिको वडा नं १० मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

√  आदिवासी जनजाति आयोग र जनवादी गणतन्त्र चीनबीच हस्ताक्षर हुने समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न आदिवासी जनजाति आयोगलाई अख्तियारी दिने

√  कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (पशुपंक्षी विकास), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार