विभिन्न ढल व्यवस्थापन परियोजनाको विस्तृत इन्जिनियरिङ डिजाइनका लागि आवेदन आव्हान

  वास खबर सम्बाददाता  484 पटक हेरिएको

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाले विभिन्न ढल व्यवस्थापन परियोजनाहरूको अध्ययन प्रतिवेदन तथा विस्तृत इन्जिनियरिङ डिजाइन सम्बन्धी परामर्श सेवाका लागि राष्ट्रिय परामर्शदाताहरुबाट आशयपत्र (EOI) माग गरेकोछ ।

विभागले हालै एक सूचना मार्फत योग्य परामर्शदाताहरूलाई दुई वटा प्याकेजमा काम गर्न आशयपत्र माग गरेको हो । परामर्श सेवाका लागि दुई प्याकेज मध्ये पहिलो प्याकेजमा विभिन्न ढल व्यवस्थापन परियोजनाहरूको विस्तृत इन्जिनियरिङ डिजाइन तथा अध्ययन प्रतिवेदन तयार गर्ने र दोस्रो प्याकेजमा प्याकेजमा पनि सोही प्रकृतिको कामको लागि आशय पत्र माग गरेको हो ।

इच्छुक परामर्शदाताहरुले यही २८ फागुन भित्र आशयपत्र पेश गर्न र आवेदन आवेदन e-GP प्रणाली (www.bolpatra.gov.np/egp) मार्फत मात्र बुझाउन सकिने जनाएको छ । विभागले परामर्शदाता छनोट गर्दा प्राविधिक क्षमता ३० प्रतिशत, अनुभव ६० प्रतिशत र कर्मचारी स्रोतलाई १० प्रतिशत अंकभार तोकेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार