
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिकाका विद्यालयहरू विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) प्रवर्धनमा अगाडि छन् । नगरपालिकाले विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि २०८१ लागू गरी हाल सम्म चार विद्यालयलाई तीन तारा विद्यालय घोषणा गरिसकेको छ भने पाँच वटा विद्यालयलाई दुई तारे प्रमाणित गरिसकेको छ । प्रत्येक विद्यालयमा विद्यालय खानेपानी स्वच्छता समिति गठन गरी कार्यान्वयनका लागि निरन्तर पहल गरिँदै आएको छ ।
बारबर्दिया नगरपालिका वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरेसँगै नगरपालिकामा तीन तारे विद्यालयहरूको संख्या चार पुगेको छ । यसअघि वडा नम्बर ४ को पाञ्चजन्य माध्यमिक विद्यालय, वडा नम्बर ८ को जनज्योति आधारभूत विद्यालय, र वडा नम्बर ११ को नेपाल प्राज्ञिक आधारभूत विद्यालय तीन तारे विद्यालयको रूपमा घोषणा भइसकेको छ ।
घोषणा सभामा वाटरएडको परियोजना प्रबन्धक उमाशंकर यादवले विद्यालयमा पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वचछता सुविधाको प्रबर्धन गरी सिकाईको वातावरण सिर्जना गरी छात्र छात्रा तथा अपाङता भएका बाबिालिकाहरुलाई विद्यालयमा निरन्तरता र टिकाई राख्न तथा गुणस्तरीय शिक्षा प्रदान गर्न खानेपानी सरससफाई तथा स्वच्छता सुविधा अपरिहार्य रहेको छ । साथै नेपालको संंबिधानकाृ धारा ३५ मा खानेपानी सरसफाईलाई मौलिक हक भित्र राखिएकोले विद्यालयमा रहेका सबै बालकालिकाहरुलाई सो सुविधाहरुको पर्याप्त उपलब्ध गराउन स्थानीय सरकारसँगको समन्वय, सहकार्यमा वाटर एड नेपालले वासगेन्स परियोजना सञ्चालन गरीरहेको छ ।

संघीय सरकार शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय खानेपानी, सरसफाइ तथा स्वचछता कार्यविधी २०७४ को आधारमा शुरुमा विद्यालयको स्वःमूल्यांकन गर्दै तारा पद्धतिको अभ्यास गर्दै स्थानीय सरकार ती कार्यविधीलाई स्थानीयकरण गरी विद्यालयमा लागु गरेका छन र त्यसको आधारमा १० वटा सूचकको आधारमा नगरपालिकाद्धारा अनुगमन गरी तीन तारा विद्यालय घौषणा भएको छ र यस विद्यालयमा शैक्षिक गुणस्तर सुधारमा टैवा पुग्नेछ भने विश्वास व्यक्त गर्नभयो र यसको निरन्तरता कायम राख्न तर्फ बिशेष जोड दिनुभयो ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विद्यालय तीन तारे घोषणाले शिक्षण सिकाइ र सरसफाईमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । विद्यालयहरू समाज विकासका आधार भएकाले यसले शैक्षिक सुधार मात्र होइन, अनुशासन, नेतृत्व र खेलकुदमा पनि सकारात्मक योगदान दिने उहाँको धारणा छ । उहाँले बारबर्दिया अन्य पालिका तथा जिल्लाहरूका लागि सिकाइको आधार बन्ने विश्वास व्यक्त गर्दै, खानेपानी र सरसफाइसँगै शैक्षिक गुणस्तर सुधारतर्फ अघि बढ्न आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार थारूले विद्यालयहरूको शैक्षिक स्तर सुधारका लागि प्रदेश सरकार निरन्तर लागि परेको बताउनुभयो । विद्यालयहरूको आवश्यकता अनुसार भौतिक संरचना निर्माणमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारूले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिँदै शैक्षिक गुणस्तरसँगै खानेपानी तथा सरसफाइ सुधारमा समेत ध्यान दिइरहेको जानकारी गराउनुभयो । नगरपालिकामा विद्यालयहरूको खानेपानी, सरसफाइ तथा स्वच्छता सुधारका लागि युके एड र वाटर एडको सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ, र नेपाल प्रजनन स्याहार केन्द्रको साझेदारीमा वास गेन्स परियोजना सञ्चालन भइरहेको छ ।



406 पटक हेरिएको 

