काठमाडौं : नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले कामको जिम्मेवारी तथा कर्मचारीको योग्यता, क्षमता र लगनशीलताले मात्र उपभोक्तालाई गुणस्तरीय सेवा दिन सकिने बताउनु भएको छ। खानेपानी संस्थानको महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै उहाँले कर्मचारीको अनुशासनलाई पहिलो प्राथमिकता दिने बताउनुभयो।
नेपाल सरकार मन्त्रीपरिषद बैठकले महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय भएको झण्डै एक महिनापछि उहाँले महाप्रबन्धक पद संहाल्नु भएको हो । मन्त्री परिषद बैठकले गत फागुन ६ गते को आगामी ३ वर्षसम्मको अवधिलाई महाप्रबन्धकको जिम्मेवारी प्रदान गरेको हो । विभिन्न उम्मेदवारहरु बीचको प्रतिष्पर्धामा गोरखाका ढकाललाई खानेपानी मन्त्रालयले महाप्रबन्धकमा सिफारिस गरेको थियो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा कार्यरत ढकाल स्वच्छ छवी, मिलनसार व्यक्तित्व र उच्च योजनाकारका रुपमा चिनिनुहुन्छ। महाप्रबन्धक ढकालले यस अघि सम्हालेको जिम्मेवारी कुशलतापूर्वक निर्भिक र निडर भएर पुरा गर्दै आउनु भएको छ ।
ढकालले २०७० असार ३ गतेदेखि २०७४ जेठ १६ सम्म खानेपानी संस्थानको महाप्रबन्धकको जिम्मेवारी सम्हालि सक्नु भएको छ । तत्कालीनअवस्थामा नयाँ शाखा विस्तार, समयानुकुल महशुल हेरफेर, कर्मचारीको हक तथा हितमा काम गरेर सफल कार्यकाल बिताउनु भएका ढकाल दोस्रो कार्यकाल संस्थानको महाप्रबन्धकको जिम्मेवारी २०८१ फागुन २८ देखि सम्हाल्नु भएको हो ।
प्रधान कार्यालयमा भएको पदस्थापन तथा स्वागत कार्यक्रममा नवनियुक्त महाप्रबन्धक ढकालले सवै मिलेर संस्थानलाई अघि बढाउनु पर्ने बताउनुभयो। संस्थान जानकार महाप्रबन्धक ढकालले संस्थानको हितमा भूमिका निर्वाह गर्न सवै तहका कर्मचारीलाई निर्देशन समेत दिनुभयो।