
महोत्तरी : विद्यालय स्वास्थ्य तथा पोषण सप्ताहको अवसरमा विद्यालय सरसफाइ, दाँतको हेरचाह सम्बन्धी अभिमुखीकरण, साबुन पानीले हात धुने तरिका प्रदर्शनी लगायत कार्यक्रम गरिएको छ । हरेक वर्ष जेष्ठ १ गते देखि जेष्ठ ७ गतेसम्म मनाइने पोषण सप्ताह महोत्तरी जिल्लाको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाले पनि पोषण र स्वच्छता सम्बन्धी विविध कार्यक्रमको आयोजना गरी मनाईएको हो ।
दिवसको अवसरमा विद्यालय सरसफाइ, दाँतको हेरचाह सम्बन्धी अभिमुखीकरण, साबुन पानीले हात धुने तरिका प्रदर्शनी आदि कार्यक्रम आयोजना गरिएको कुरा एकीकृत ग्रामीण विकास समाजका कार्यक्रम अधिकृत भुपेन्द्र निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयमा पोषिलो खाना प्रदर्शनी, सरसफाई सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता, सडक नाटक प्रदर्शनी, बाल ¥याली, किशोरीहरुले आइरन फोलिक एसिड चक्की सेवन सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमलाई प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको उक्त सप्ताहब्यापी अभियानमा गाउँपालिका, स्वास्थ्य संस्था, विद्यालयको समन्वयमा संचालन गरिएको कार्यक्रम अधिकृत निरौलाले जानकारी दिनुभयो ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा एकीकृत ग्रामीण विकास समाज र दलित समाज उत्थान समिति नेपालद्वारा सम्बन्धित गाउँपालिका र विद्यालयसँग समन्वय गरी उक्त पोषण सप्ताह संचालन गरिएको थियो ।
अभियानमा एकडारा गाउँपालिकाका १३ वटा विद्यालय र सम्सी गाउँपालिकाका ७ वटा विद्यालयका शिक्षक, विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।



374 पटक हेरिएको 

