नेपालगन्जका नाला र ढलको सफाइ

  वास खबर सम्बाददाता  352 पटक हेरिएको

नेपालगन्ज : वर्षा सुरु भएसँगै नेपालगञ्ज उपमहानगरपालिकाले नालाको सफाइ कार्यलाई तीव्र पारेको छ। वर्षाको समयमा नालामा फोहोर थुप्रिएर पानीको निकास अवरुद्ध भई डुबान हुने समस्या देखिने भएकाले त्यसको रोकथामका लागि सफाइ कार्यलाई प्राथमिकता दिइएको उपमहानगरपालिकाले जनाएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईका अनुसार वर्षा सुरु हुनुभन्दा पहिले नै उपमहानगरका सबै ठूला नाला, नाली र ढल प्रणालीको जाम हटाउने काम सुरु गरिएको हो। उहाँले गत वर्ष पनि यही उद्देश्यले समयमै नाला सफाइ कार्य सम्पन्न गरिएको स्मरण गराउँदै यस वर्ष समेत वर्षा सुरु हुनुअघि नै सबै नालाको सफाइ कार्य सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।

हालसम्म सुर्खेतरोडस्थित कर्णाली बैंक नजिकको ठुलो नालाको निकास फराकिलो बनाउने र सफा गर्ने कार्य सम्पन्न भएको छ भने गणेशमान चोक पूर्व क्षेत्रको नालाको सफाइ कार्य पनि सम्पन्न भएको उपमहानगरले जनाएको छ।

सफाइका लागि जेसिबी प्रयोग गर्न सकिने स्थानमा जेसिबी प्रयोग गरिँदैछ भने सम्भव नभएका स्थानमा जनशक्तिमार्फत सफाइ भइरहेको छ। नाला सफाइ कार्यको नियमित अनुगमनसमेत भइरहेको उपमहानगरपालिकाले जानकारी दिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार