याल्वाङ र याङ्गारमा डस्टबिन वितरण

  वास खबर सम्बाददाता  307 पटक हेरिएको

हुम्ला : हुम्लाको नाम्खा गाउँपालिकामा ‘शिक्षित तथा स्वच्छ नाम्खा, स्वावलम्बी नाम्खाली’ भन्ने मूल नाराका शुरु भएको सरसफाइ अभियान अन्तर्गत याल्वाङ र याङ्गार गाउँमा डस्टबिन वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाको नेतृत्वमा सुरु गरिएको यो अभियानले स्थानीय समुदायलाई घरदैलोमै पुगेर सरसफाइमा सहभागी गराउँदै वातावरणीय स्वच्छता प्रतिको चेतना अभिवृद्धि गराएको हो।

नाम्खा गाउँपालिका–४ का वडा अध्यक्ष लतर लामाको अगुवाइमा प्रत्येक टोल र घर घरमा पुगेर फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको हो। वास इकाई सुस्वाको वार्षिक कार्यक्रम नमुना घर नमुना गाउँ नमुना वडा पुरस्कार कार्यक्रम अन्तरगत सञ्चालित यस अभियानमा गाउँलेको उत्साहजनक सहभागिता देखिएको छ।

गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो, “स्वच्छ र सुन्दर नाम्खा निर्माणका लागि हामी सबैको सक्रिय सहभागिता अपरिहार्य छ। यस अभियानले दुर्गन्धमुक्त गाउँपालिका निर्माणमा टेवा पुर्‍याउनु साथै सामूहिक पहिचान बलियो बनाउनेछ।”

सफाइ अभियान मार्फत नाम्खा गाउँपालिकाले जनसहभागिता अभिवृद्धि गर्दै स्वच्छ, शिक्षित र आत्मनिर्भर समाज निर्माण तर्फको यात्रामा महत्वपूर्ण पाइला चालेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार