नेपाल WASH सम्बन्धी संयुक्त राष्ट्र संघ अन्तर्गत राष्ट्र प्रमुख स्तरीय अभियानको सदस्य : प्रधानमन्त्री

  वास खबर सम्बाददाता  423 पटक हेरिएको
🔗
38
Shares

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खानेपानी तथा सरसफाइ सम्बन्धी संयुक्त राष्ट्रसंघ अन्तर्गत अगाडि बढाइएको राष्ट्र प्रमुखस्तरीय अभियानको सदस्य बनेको बताउनु भएको छ ।

स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलन भाग लिएर फर्केपछि प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शर्माले खानेपानी तथा सरसफाइका लागि वित्तीय स्रोत परिचालन सम्बन्धी राष्ट्र प्रमुखस्तरीय अभियान सम्बन्धी कार्यक्रमलाई सम्बोधन गरेको जानकारी गराउनुभयो ।

‘कार्यक्रमका क्रममा नेपाल र बुरुण्डी लगायत विभिन्न देशहरू तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूद्वारा संयुक्त रुपमा आयोजित खानेपानी तथा सरसफाइका लागि वित्तीय स्रोत परिचालन सम्बन्धी राष्ट्र प्रमुखस्तरीय अभियान सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मैले नेपाल उक्त अभियानमा संलग्न भएको घोषणा गरेको छु। सो अभियानलाई संयुक्त राष्ट्रसंघ अन्तर्गत अगाडि बढाइएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

साथै नेपाल सरसफाइ तथा खानेपानी जस्ता आधारभूत सेवासुविधाहरूको पहुँच सबै नागरिकसम्म पुर्‍याउन प्रतिबद्धत रहेको समेत उल्लेख गरेको सम्बोधनमा उल्लेख गर्नुभयो । उहाँले यसबाट खानेपानी तथा सरसफाइ सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याउने नेपालको प्रतिबद्धता व्यक्त भएको बताउनुभयो।

प्रधानमन्त्री ओलीले विभिन्न देशका उच्चपदस्थ सहभागी सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको समेत बताउनुभयो।

सम्मेलनमा झण्डै ५० देशका राष्ट्ररसरकार प्रमुख तथा संयुक्त राष्ट्रसंघका महासचिव एवं विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरू लगायत उच्चस्तरीय सहभागिता रहेको थियो।

यही २०८२ असार १४ गते १८ गते सम्म भएको सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्रीको नेतृत्वमा उहाँकी धर्मपत्नी राधिका शाक्य, मूख्य सल्लाहकार, खानेपानी मन्त्री प्रदीप यादव, खानेपानीमन्त्री प्रमिलादेवी शाक्य बज्राचार्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरू एवं अन्य उच्च अधिकारीहरू लगायतको सहभागिता रहेको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार