घोराही खानेपानी उपभोक्ता संस्थाको नवौं अधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा

  वास खबर समाचारदाता  124 पटक हेरिएको

दाङ : घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नवौं अधिवेशन अन्तर्गत हुने निर्वाचनमा अध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदमा धुर्ब केसी, किश्वर आचार्य र सुमन शर्मा चुनावी मैदानमा उत्रिएका छन्।

संस्थाको निर्वाचनमा कुल मतदाता संख्या ८ हजार ४९ रहेको निर्वाचन समितिले जनाएको छ। निर्वाचनलाई लिएर घोराही क्षेत्रमा चुनावी माहोल तातेको छ भने उम्मेदवारहरूले आफ्नो पक्षमा मत माग्ने अभियानलाई तीव्र बनाएका छन्।

यसैबीच, राष्ट्रिय सनातन सहकारी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओली, दाङ जिल्ला कर्मचारी युनियनका अध्यक्ष सुशीला श्रेष्ठ तथा भरतपुर खानेपानी संस्थाका अध्यक्ष शंकर गौतमले पनि चुनावी गतिविधि र समग्र प्रतिस्पर्धाको समीक्षा गरेका छन्।

उनीहरूले खानेपानी संस्थाको नेतृत्व सक्षम, पारदर्शी र उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिएका छन्। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र लोकतान्त्रिक ढंगले सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरिएको छ


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार