मधेशका पूर्वाधार तथा खानेपानी आयोजनाको अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन

  वास खबर सम्बाददाता  217 पटक हेरिएको
🔗
258
Shares

काठमाडौ : मधेश प्रदेशमा सञ्चालित पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ सम्बन्धी आयोजना तथा कार्यक्रमको अवस्था अध्ययन र अनुगमन गर्न प्रतिनिधिसभाको पूर्वाधार विकास समिति अन्तर्गत मधेश प्रदेश उपसमिति गठन गरिएको छ।

उपसमितिले मधेश प्रदेशभित्र समितिको कार्यक्षेत्रमा पर्ने मन्त्रालय, सरकारी निकाय तथा विभिन्न आयोजनाको व्यवस्थापन, कार्यसम्पादन र गतिविधिको अध्ययन तथा मूल्यांकन गर्नेछ। यस क्रममा आयोजना कार्यान्वयनको अवस्था, प्रगति तथा देखिएका समस्या र चुनौतीका विषयमा समेत अध्ययन गरिनेछ।

को – को परे उपसमितिमा ?

सांसद तपेश्वर यादव,

डा. मो. फिरदोश आलम,

यशोदा कुमारी,

राजकिशोर महतो कोइरी

र रामाकान्त प्रसाद चौरसिया सदस्य रहनुभएको छ।

अनुगमनका क्रममा देखिएका विषयमा आवश्यक टिप्पणी तथा सिफारिस सहित पूर्वाधार विकास समिति समक्ष प्रतिवेदन पेस गरिने सांसद यादवले जानकारी दिनुभयो।

उपसमितिले आयोजना तथा कार्यक्रममा सार्वजनिक सम्पत्तिको हिनामिना भए–नभएको र प्रचलित ऐन, नियम तथा सम्झौताअनुसार काम भए–नभएको समेत अध्ययन गर्नेछ। आयोजनाको स्वीकृत उद्देश्य अनुसार काम अघि बढेको छ कि छैन, स्रोत तथा बजेटको उपयोगको अवस्था कस्तो छ भन्ने विषयलाई पनि अध्ययनको दायरामा राखिनेछ।

यसका लागि सम्बन्धित आयोजनाका प्रतिवेदन, करार सम्झौता, लेखा तथा अन्य आवश्यक कागजात अध्ययन गरिनेछ। त्यसैगरी, आयोजना स्थलमै पुगेर स्थलगत अनुगमन गर्नुका साथै सम्बन्धित निकाय, आयोजना व्यवस्थापन, स्थानीय तह तथा अन्य सरोकारवालासँग छलफल र अन्तरक्रिया गरिने उपसमितिले जनाएको छ।

आवश्यकता अनुसार विज्ञ, विशेषज्ञ तथा अनुसन्धानकर्ता सँग समेत परामर्श लिएर उपसमितिले आफ्नो प्रतिवेदन तयार गर्नेछ। उपसमितिको कार्यावधि २०८३ साल माघ मसान्तसम्म तोकिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार