खानेपानीको लागि वडाध्यक्षको संयोजकत्वमा सहजीकरण समिति

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १०, ११ र १२ मा सम्बन्धित वडाका वडा अध्यक्षहरुको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको हो । खानेपानी आयोजना निर्माण कार्यमा देखिन सक्ने समस्याको समाधान तथा योजना निर्माणमा सहजीकरण गर्न वडा अध्यक्षको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ ।

सहजीकरण समितिले निर्माणाधीन जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माणको क्रममा केही समस्या आए समाधान गर्ने, आफ्नो वडाका खानेपानी उपभोक्तालाई सचेतना जगाउने लगायत कामहरु गर्नुपर्नेछ ।

कुन् सहजीकरण समितिमा को ?

सहजीकरण समिति वडा नं. १०

संयोजक – बेल बहादुर महत
सदस्य – कृष्ण बहादुर तामाङ
सदस्य – इन्दिरा बोगटी
सदस्य – रामचन्द्र खड्का
सदस्य – रुकुमाया सार्की
सदस्य – रामकुमार खतिवडा
सदस्य – खड्ग बहादुर कार्की
सदस्य – ठम बहादुर श्रेष्ठ
सदस्य – मान बहादुर बोगटी
सदस्य – पुरुषोत्तम कार्की
सदस्य – रामहरि तिमिल्सिना

सहजीकरण समिति वडा न. ११

संयोजक सुशिल कुमार माझी
सदस्य – चित्र राज गिरी
सदस्य – रीता गिरी
सदस्य – भगवती दमाई
सदस्य – माधवराज गिरी
सदस्य – नाम्ग्याल तामाङ
सदस्य – बिमल राज गिरी
सदस्य – रेशम भुजेल
सदस्य – बाजुराम पराजुली
सदस्य – हरि ब. भारती
सदस्य – सुदनराज गिरी

सहजीकरण समिति वडा नं. १२

संयोजक –  ध्रुव राज गिरी
सदस्य – रामकुमार श्रेष्ठ
सदस्य – पम्फा राना
सदस्य – सन्तली वि.क.
सदस्य – अम्मर बहादुर गिरी
सदस्य – कुल बहादुर पुरी
सदस्य – उमेश कुमार खड्का
सदस्य – पुर्ण बहादुर तामाङ
सदस्य – चक्र बहादुर गिरी

चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १० ११ र १२ का गरी २ हजार २२२ घरपरिवारलाई खानेपानी उपलब्ध गराउने गरी जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माणाधीन अवस्थामा छ । सगरमाथा ड्रिलिङ एण्ड कन्ट्रक्सन कम्पनी प्रा.लि.ले ठेक्का पाएको यो खानेपानी आयोजनाको काम ७ महिनामै ४० प्रतिशत सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार