धादिङ : धादिङ जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । धादिङका ८५ हजार ९१ घरपरिवार र सरकारी तथा गैरसरकारी संघसंस्थाको कार्यालय तथा सार्वजनिक स्थानमा समेत शौचालय बनेपछि खुला दिसामुक्त घोषणा समारोहका प्रमुख अतिथी एवं सांसद खेम प्रसाद लोहनीले सरसफाइ आचार संहिता वाचा गरी सबैलाई प्रतिबद्धता जनाउन लगाउँदै खुला दिसामुक्त भएको घोषणा गर्नुभयो ।
संघीय नेपालको राजधानी काठमाडौसँगै जोडिएको धादिङ खुलादिसामुक्त हुने ६४ औं जिल्ला बनेको छ ।

कार्यक्रमको उदघाटन पनि प्रमुख अतिथिले साबुन पानीले हात धोएर गरिएको थियो । उहाँले समृद्ध नेपालको परिकल्पना गरिरहँदा समृद्धिको एउटा सूचक सरसफाइको क्षेत्र भएको बताउनुभयो । सांसद लोहनीले गाउँपालिका प्रमुखहरुलाई आवश्यक ठाउँमा सार्बजनिक शौचालय निर्माण गरी आफ्नो गाउँपालिका खुल्ला दिसामुक्त भएको सुनिश्चित गर्न समेत आग्रह गर्नुभयो ।

कहाँ कति चर्पी बने ?
स्थानिय तह चर्पी भएका घरधुरी संख्या खुला दिसा मुक्त घोषणा मिति
१ निलकण्ठ नगरपालिका १५३३० १४ पौष २०७५
२ धुनिबेशी नगरपालिका ७२७६ १५ पौष २०७५
३ खनियाबास गाउपालिका ३००७ ६ पौष २०७५
४ गजुरी गाउपालिका ६५६१ ३० फागुन २०७४
५ गल्छी गाउपालिका ६१२९ विभिन्न मिति
६ गंगा जमुना गाउपालिका ६०६४ ८ मंसिर २०७५
७ ज्वालामुखी गाउपालिका ७०३५ ५ पौष २०७५
८ थाक्रे गाउपालिका ७८३० १४ पौष २०७५
९ नेत्रावती गाउपालिका ३६६९ ११ पौष २०७५
१० बेनीघाटरोराङ गाउपालिका ६८०९ विभिन्न मिति
११ सिद्धलेक गाउपालिका ६००३ १६ चैत्र २०७४
१२ रुविभ्याली गाउपालिका २७०७ विभिन्न मिति
१३ त्रिपुरासुन्दरी गाउपालिका ६७१ ७ पौष २०७४
कुल जम्मा ८५०९१
घोषणा सभामा प्रदेश सभा सांसद डा राजाराम कार्की ले सरसफाइको काम बल्ल सुरु भएको बताउनुभयो । ‘साँच्चै आमीले धादिङलाई अबको केही बर्ष भित्रै पूर्ण सरसफाइउन्मुख जिल्ला भएको हेर्न आतुर छौं, सरसफाइको क्षेत्रमा परिबर्तन हुन पहिला ब्यक्तिगत सरसफाइ ब्यबहार परिवर्तन हुनुपर्छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा धादिङको खुला दिसामुक्त अभियानमा सक्रिय संस्था शान्ति नेपालका कार्यकारी निर्देशक डा.कृष्णमान शाक्यले सरसफाइ अभियानमा गैरसरकारी संस्थाहरुको भूमिका महत्वपुर्ण रहेको र आगामी दिनमा पुर्ण सरसफाइ उन्मुख जिल्ला निर्माणको लागि पनि निरन्तर सहकार्य गर्ने घोषणा गर्नुभयो ।

सरसफाइ विज्ञ बोध नारायण श्रेष्ठले आफू जन्मेको जिल्ला खुल्ला दिसामुक्त हुँदा खुसी लागेको बताउनुभयो । उहाँले धादिङमा सरसफाइको क्षेत्रमा उल्लेखनिय काम गर्ने सरकारी तथा गैर सरकारी संस्थाका कर्मचारीहरुलाई धन्यबाद व्यक्त गर्नुभयो ।
शान्ति नेपालका अनुगमन तथा मूल्याङकन सहायक अधिकृत सुरेश सिग्देलको सहयोगमा तयार पारिएको




फोटोहरु : सुरेश सिग्देल, अनुगमन तथा मूल्याङकन सहायक अधिकृत, शान्ति नेपाल


3524 पटक हेरिएको 

