
काठमाडौ : तपाई वास सँग सम्बन्धित प्रोजेक्टमा काम गरिरहनु भएको छ ? वा भविश्यमा वास सँग सम्बन्धित प्रोजेक्टमा काम गर्न चाहनुहुन्छ ? तपार्ईको संस्थामा कार्यरत आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न पो चाहनुहुन्छ कि ?
यी सबै समस्याको निदानका लागि वातावरण र जनस्वास्थ्य संस्थाले पूर्ण सरसफाइ सम्बन्धी तालिमको आयोजना गर्दैछ । तालिममा भाग लिन चाहनेहरुबाट एन्फोले आवेदन माग गरेको छ ।
यही जुन १७ देखि १९ सम्म एन्फोको तालिम हल बानेश्वरमा हुने तालिमका लागि जुन ९ तारिखसम्म आवेदन दिईसक्नु पर्नेछ । अनलाइन आवेदन भर्नका लागि तलको लिङ्क क्लिक गर्नुहोला ।
http://enpho.org/wp-content/uploads/2019/05/TS_24-May.pdf
तालिमका बिषयबस्तुहरु :
– पूर्ण सरसफाइ र यसका सूचकहरु
– सरसफाइ प्रणाली, दिसाजन्य लेदो व्यवस्थापन र फोहोरमैला व्यवस्थापन
– पानी सुरक्षा, गुणस्तर र प्रशोधनका विधिहरु
– ह्याण्ड वासिङ, महिनावारी स्वच्छता व्यवस्थापन
– दिगो पूर्ण सरसफाइका रणनीतिहरु ।
तालिमका विशेषताहरु :
– उच्च व्यवसायिक सीप भएका प्रशिक्षकहरुबाट प्रशिक्षण गराइने ।
– सहभागितात्मक विधिबाट तालिम सञ्चालन गरिने ।
– सरसफाइका प्रत्येक सूचक माथि बृहत छलफल गरिने ।
– पूर्ण सरसफाइका नवीनतम विधिहरुको प्रयोग गरिने ।


1981 पटक हेरिएको 

