काठमाडौ : ‘आफ्नै छानो छ भने आफूलाई चाहिने पानी खोज्न कहीं कतै जानुपर्दैन’ आकाशेपानी संकलन गरेर घरायसी काममा प्रयोग गर्दै आउनुभएकी स्वयम्भूकी कुमारी मगरको अनुभवले यही भन्छ ।
कुमारी मगरले आकाशेपानी संकलन गरेर पानीको समस्या हल गर्न थाल्नुभएको लामो समय भईसकेको छ । ट्याङ्करमा किनेको पानी टिकाउ नहुने, धेरै खर्च हुने भएपछि आफ्नै तरिकाले छानोको पानी संकलन गर्न थाल्नुभएको हो ।
पानी परेको बेला घरमा भए उहाँले सुरुमा परेको पानी समेत खेर फाल्नुहुन्न । सुरुको फोहोर पानी समेत एकै ठाउँमा जम्मा गरेर गिट्टी र बालुवा मिसाएर बनाएको फिल्टर सिस्टममा हालेर सफा पार्नुहुन्छ र प्रयोगमा ल्याउनुहुन्छ ।
हेरौं, आकाशेपानी संकलन गरेपछि कुमारीको जीवनमा आएको परिवर्तनको कुरा :


1218 पटक हेरिएको 

