सुन्दरीजलको दोस्रो पानी प्रशोधन केन्द्र पुसमा सम्पन्न हुने

🔗
0
Shares

 

काठमाडौ : मेलम्चीको पानी प्रशोधन गर्न सुन्दरीजलमा निर्माण भईरहेको पानी प्रशोधन केन्द्र पुस सम्ममा सम्पन्न हुने भएको छ । दुई प्रशोधन केन्द्र मध्ये एउटा प्रशोधन केन्द्र यस अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आईसकेको छ । मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम पुस महिनामा सम्पन्न हुने प्रशोधन केन्द्रको निरीक्षणका लागि निर्माणस्थल पुग्नु भएका खानेपानी तथा सरसफाइमन्त्री बीना मगरलाई जानकारी गराएको हो ।

मन्त्री मगरले दोस्रो प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो । सुन्दरीजलमा बन्ने भनिएको दुई प्रशोधन केन्द्र मध्ये एउटा निर्माण सम्पन्न भइसकेको छ भने अर्को प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीबाट सुन्दरीजलमा आउने दैनिक १७ करोड लिटर पानी दुवै प्रशोधन केन्द्रमा साढे आठ करोड लिटर० प्रशोधन हुनेछ । मेलम्चीको पानी काठमाडौँमा वितरण गर्नु अघि सो केन्द्रमा प्रशोधन गरेर मात्र पठाइनेछ ।

सम्पन्न भइसकेको प्रशोधन केन्द्रको निर्माण भने यसअघि नै सकिएर सञ्चालनमा आइसकेको समितिले जनाएको छ । याङ्ग्री र लार्के खोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्नका लागि उक्त स्थानमा अर्को प्रशोधन केन्द्र समेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक खत्रीले बताउनुभयो ।

निरीक्षण टोलीमा मन्त्री मगरसँगै मन्त्रालयका सचिव माधव बेल्वासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्य लगायत हुनुहन्थ्यो । पानी प्रशोधन केन्द्रको निरीक्षणसँगै टोलीले सुन्दरीजलस्थित सुरुङको समेत निरीक्षण गरेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार