
दाङ : दाङको बंगलाचुली गाउँपालिकामा गाउँपालिकामा पूर्ण सरसफाइ योजना निर्माण गरिएको छ । गाउँपालिका स्तरीय पूर्ण सरसफाइ रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठीले गाउँपालिकाको पूर्ण सरसफाइ योजना निर्माण गरेको हो । निर्माण गरिएको योजना कार्यपालिकाबाट अनुमोदन गरी कार्यान्वयन वडा नं ३ का अध्यक्ष तथा सामाजिक विकास संयोजक शोभाराज बिश्वकर्माले बताउनुभयो । उहाँले पूर्ण सरसफाइ योजनाको आधारमा बजेट विनियोजन गर्न सहज हुने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजनाको सहभागितामा बंगलाचुली गाउँपालिकाले कार्यशालाको आयोजना गरेको हो ।
कार्याशालामा गाउँपालिकाका खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधिकारिहरु, सबै वडा सचिव, सरोकारवाला निकायहरु, रेडक्रस उपशाखाका पदाधिकारी एवं सरसफाइ अभियन्ताहरुले सहभागिता जनाएको नेपाल रेडक्रस सोसाईटीका जिल्ला कार्यक्रम अधिकृत टेकम वलीले जानकारी दिनुभयो ।


1203 पटक हेरिएको 

