कोरोना सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी मनाईयो, विश्व पानी दिवस

🔗
5
Shares


काठमाडौ : विश्वभर फैलिरहेको कोरोना (कोभिड–१९) भाइरस सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी विश्व पानी दिवस मनाईएको छ । सोसाइटी अफ पव्लिक हेल्थ इन्जिनियरस नेपाल (सोफेन) र गैर सरकारी संस्था गुथिले कोरोना भाइरसबाट सुरक्षित रहन ललितपुर महानगरपालिका वडा नंं १२ अन्तर्गत मंगलबजारमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वडा नं. १२ का अध्यक्षद्वारा मंगलबजार स्थित सार्वजनिक शौचालयका सञ्चालकहरुलाई सरसफाइ सामग्री वितरण गरिएको थियो । उहाँले शौचालय प्रयोगकर्ताहरुलाई शौचालय प्रयोग पछि हात धुने विधि समेत सिकाउनुभयो । यस्तै शौचालय प्रगोगकर्तालाई हात धुने विधि सिकाइनुका साथै पैसाबाट पनि भाइरस संक्रमण हुन सक्ने सम्भावना बारे सचेतना जगाउन स्यानिटाइजरको प्रयोग गर्न सिकाईएको थियो ।

कार्यक्रममा बोल्दै वडा नं. १२ का अध्यक्ष नारायण अवालेले शौचालय रोग तथा किटाणुहरु फैलने सम्भावित स्थान भएकाले हात धुने विधि कोभिड–१९ बाट सुरक्षित रहनका लागि निकै फाइदाजनक हुने बताउनुभयो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिव विक्रम राणाले सावुन पानीले मिचि मिची हात धुने वानीले कोरोना भाइरस लगायत विभिन्न रोगका जीवाणुबाट बच्न सकिने बताउनुभयो । यस्तै स्थानीय बासिन्दा सन्तु महर्जनले हात पहिला देखि धुदै आएपनि हात धुने तरिकाबारे थाहा नपाएको बताउनुभयो ।

कोरोना भाइरसको महामारी सम्बन्धी सर्वसाधारणमा जनचेतना फैलाउनका लागि काठमाडौं उपत्यका भित्र रहेका १०० वटा सार्वजनिक शौचालय मार्फत जनचेतनामूलक साामग्री वितरण गर्ने योजना रहेको गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार