चितवन : चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्ला बाहिरबाट आउनेलाई हात धोएर मात्र प्रवेश गर्न दिएको छ । गाउँपालिका भित्रिने नाकामा साबुनपानी सहित स्वास्थ्यकर्मी खटाइएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार लकडाउनको समयमा पनि अत्यावश्यक काम विशेषले अन्यन्त्र जिल्लाबाट आउनेलाई हात धुन लगाइ कोरोना सचेतना सम्बन्धी परामर्श दिने गरिएको छ । ज्वरो लगायत सामान्य स्वास्थ्य परीक्षण समेत गरिने र शङ्का लागे अस्पताल पठाइने उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले १० श्ययाको क्वारेनटाइन तयार गरिएको छ । वडा नं ४ कुरिनटारमा सात श्यया र वडा नं ५ मुग्लिनमा तीन श्ययाको क्वारेनटाइन तयार गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँले अहिले हालै विदेशबाट आएकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र आवश्यक परे सबै वडामा क्वारेनटाइन बनाइने जानकारी दिनुभयो ।


605 पटक हेरिएको 

