रसुवा: रसुवाको आमाछोदिङ्मो गाउँपालिका–२, सानोहाकुमा युवाहरूले ‘एक घर एक साबुन’ वितरण गरेका छन्। युवाहरू बीच आर्थिक संकलन गरेर सानो हाकुमा शुक्रबार साबुन वितरण गरिएको स्थानीय सोमबहादुर तामाङले बताउनुभयो। युवाहरुले हात धुने तरिका समेत सिकाइएका छन् । विश्वभरी फैलिएको कोरोना भाइरसको बारेमा सूचना दिने काम भइरहेको उहाँले बताउनुभयो । मंगलबारदेखि लक डाउन भएपछि यहाँका स्थानीय हिँडडुल गर्न छाडेका छन्।
मंगलबारदेखि जिल्लामा सवारी साधन सञ्चालनमा आएका छैनन् भने बजार दैनिक चार घण्टा खुल्ने गरेको छ। स्थानीय घर बाहिर निस्किएका छैनन्। सबै जना सेल्फ क्वारन्टाइनमा बसेका छन् भने प्रहरीले माइकिङ अभियानलाई जारी राखेको छ।
जिल्लामा खाद्य सामग्री, पोल्ट्री फर्मका लागि ल्याउने दाना, औषधि ल्याउने सवारी साधन र स्थानीयले उत्पादन गरेका तरकारी तथा आलु बजारसम्म पुर्याउनका लागि अनुमति दिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।


819 पटक हेरिएको 

