ईन्जिनियर्स एशोसिएसनले वाग्मती प्रदेशका सबै जिल्लामा स्वाव संकलन बुथ निर्माण गर्ने

🔗
10
Shares

काठमाडौ : नेपाल इन्जिनियर्स एशोसिएसन वाग्मती प्रदेश कार्यकारिणी समितिले वाग्मती प्रदेश अन्तर्गतका जिल्लाहरुमा कोरोना संक्रमितको स्वाव संकलनका लागि ‘स्वाव संकलन बुथ’ निर्माण गर्ने भएको छ । समितिले अभियानलाई प्रभावकारी एवं पारदर्शी बनाउन एशोसिएसनका कोषाध्यक्ष ई.राजन थापाको संयोजकत्वमा सात सदस्यीय एनईए बाग्मती कोभिड १९ सहयोग समिति समेत गठन गरिएको छ ।

नोबेल कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरुको स्वाव संकलनमा सरकारलाई सघाउने प्रयोजनले स्वाव संकलन बुथ निर्माण गरिन लागेको सहयोग समितिका संयोजक राजन थापाले जानकारी दिनुभयो ।

उहाँले सहयोग गर्न ईच्छुक इन्जिनियरहरुलाई एशोसिएसनको एनसीसी बैंकको कुपण्डोल शाखामा रहेको खाता नं. ०२२००००२०६४०१ मा सहयोग रकम जम्मा गरी सहयोग रसिद/भौचर एशोसिएसनको इमेल bagmati@neanepal.org.np मार्फत पठाईदिन पनि अनुरोध गर्नुभएको छ ।

‘स्वाव संकलन बुथ’ निर्माणका लागि वाग्मती प्रदेश कार्यकारिणी समितिका सभापति र उपसभापतिबाट जनही १० हजार, पदाधिकारीहरुबाट जनही ६ हजार, सदस्यहरुबाट जनही ३ हजार ५ सय रुपैयाँ गरी ७३ हजार रुपैयाँ संकलन भईसकेको छ ।

कोभिड १९ विरुद्धको यस अभियानमा सहयोग गर्नुहुने इन्जिनियरहरुलाई पछि विशेष समारोह आयोजना गरेर सम्मान समेत गरिने नेपाल इन्जिनियर्स एशोसिएसन वाग्मती प्रदेश कार्यकारिणी समितिले जनाएको छ ।

हालसम्म प्राप्त सहयोग सूची :

१. ई. नन्दलाल बन्जाडे – १०,०००
२. ई. डिल्ली राम भट्टराई -१०,०००
३. ई. प्रदिप अधिकारी -६,०००
४. ई. सरद पण्डित -६,०००
५. ई. राजन थापा -६,०००
६. ई. सुरज गौतम- ३५००
७. ई. मौसम भण्डारी -३५००
८. ई.सम्झना ढकाल -३५०००
९.ई.सागर न्यौपाने- ३५००
१०. ई.कपिल रेग्मी- ३५००
११. ई. दिनेश भाइ अधिकारी -३५००
१२. ई.सरोज कार्की -३५००
१३. ई.नवीन काफ्ले -३५००
१४. ई.हर्ज उमिन तुम्रोक लिम्बु -३५००
१५. ई.मदन खकुरेल -३५००
१६. ई.अमोद अधिकारी- ५०००
१७. ई.लक्ष्मी प्रसाद उपाध्याय -५,०००
१८. ई. सुरक्षा सुवेदी- १,०००
१९. ई.वासुदेव नेपाल -३०००
२०. ई.माधव प्रसाद कोइराला -३०००
२१. ई.अर्जुन पौडेल -३०००
२२. ई.डिबी बुढा -४०००
२३. ई.तिलक लामिछाने – ३५००

सहयोग गर्न चाहनुहुन्छ ? निम्न नम्बरमा सम्पर्क गर्नुहोस्


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार