ओखलढुंगाको तीनै नाकामा साबुन पानीले हात धुने व्यवस्था

🔗
16
Shares

ओखलढुंगा : ओखलढुंगा जिल्ला प्रवेश गर्ने मिलनचोक, रमाइलोडाँडा र जिल्ला समन्वय समिति टोलमा हात धुने ठाउँको व्यवस्था गरिएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाले हात धुनका लागि सावुन पानी सहित धाराको व्यवस्था गरिएको जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले बताउनुभयो ।

समन्वय समितिको चैत्र २९ गतेको बैठकले सदरमुकाम प्रवेश गर्ने तीनवटै नाकामा ५० लिटर क्षमताका ड्र्म र आधा दर्जन हात धुने साबुन राख्ने निर्णय अनुसार हात धुने ठाउँको व्यवस्था गरिएको हो । अब जिल्ला सदरमुकाम प्रवेश गर्ने व्यक्तिले साबुन पानीले हात धोएर मात्र प्रवेश गर्न पाउनेछन् ।

बैठकले सम्पुर्ण पदाधिकारीहरुको पारिश्रमिक प्रदेश नं। १ को राहत कोषमा जम्मा गर्ने, दैनिक ज्यालादारीमा काम गर्ने र विपन्न नागरिकहरुको लागि राहत वितरण गर्दा ८ वटै स्थानीय तहको समन्वय गरी एक रुपता कायम गर्न समन्वय गर्ने र महामारीको प्रतिरोधका लागि गरिने कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको थियो ।

Photo : Sunkoshionline.com


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार