मास्क धोएर पुनः प्रयोग गर्न मिल्छ कि मिल्दैन ?

🔗
143
Shares

कतिपय नेपालीहरुले धुँवा धुलोबाट बच्न पहिले पनि मास्क लगाउथे । तर अहिले धुँवा धुलोबाट भन्दा पनि कोरोना भाइरसबाट बच्नका लागि हरेक जसो नेपालीले मास्क लगाईरहेका छन् । बजारमा जस्तो मास्क उपलब्ध हुन्छ प्रायः त्यस्तै मास्क प्रयोग गरिरहेका छन् । तर धेरैजसो मानिसको मुखमा सर्जिकल मास्क बढी देखिरहेको हुन्छ । कहिलेकाही मास्क मैलिदै जाँदा तपाईलाई पनि लाग्दो हो । यसलाई धोएर पटक पटक प्रयोग गर्न मिल्छ कि मिल्दैन होला ? कतिपयले त मास्कलाई धोएर पनि प्रयोग गर्नुभएको होला ? आज हामी यही जिज्ञासा मेटाउँदैछौं । तपाई हाम्रो मनमा मास्कका बिषयमा उब्जिने गरेका यी र यस्ता थुप्रै जिज्ञासाहरुको जवाफ दिदैहुनुहुन्छ जनरल फिजिसियन, डा. पर्शुराम घिमिरे ।

– सर्जिकल मास्क र एन–९५ मास्क एकपटक लगाइसकेपछि पुनः प्रयोग गर्न मिल्दैन । धोएर वा सुकाएर पनि फेरि लगाउन मिल्दैन । किनकि, एन–९५ मास्कको वास्तविक लगाउने समय १२ देखि २४ घन्टा मात्र हो । त्यस्तै, सर्जिकलको समय ६ देखि ८ घन्टा हो । तर, मास्क नपाइने अवस्थामा भने लगाउन सकिन्छ ।

–  मास्क उपलब्ध नभएको अवस्थामा दोहो(याएर लगाउन सकिन्छ । तर, तपाईं संक्रमितसँग एक्स्पोज हुनुभएको छैन भने मात्र भोलिपल्ट दोहोर्‍याएर मास्क लगाउन सकिन्छ । तर, मास्कलाई पानीले धोएर सुकाएर लगाउदा भने त्यसले कति पनि फाइदा गर्दैन । बरु धुनुको साटो घाममा सुकाएर लगाउँदा भने त्यसमा रहेका ब्याक्टेरिया मर्न सक्छन् । इन्फेक्सन कम गर्न सकिन्छ ।

तर, धोएर भने कहिल्यै नलगाउनुहोला । सर्जिकल मास्क कपडाले नभएर विशेष किसिमको कागजको फिल्टरबाट बनेको हुन्छ । किनकि, मास्क भित्र फिल्टर हुने हुनाले पानी पर्नेबित्तिकै त्यो बिग्रने गरेको हो । जुन धुने बित्तिकै बिग्रेर जान्छ । साथै, डिटोल लगाउने गर्नु पनि हुँदैन ।

– बरु मास्क धुनेभन्दा पनि अरू प्रविधिबाट सफा गर्न सकिन्छ । जस्तैः अल्ट्रा भ्वालेट प्रविधिबाट डिसइन्फेक्ट गर्न सकिन्छ । अर्को अटो क्लेबिङ हो । यो पूर्णतया डिसइन्फेक्ट गर्ने माध्यम हो । यदि यी प्रक्रिया अपनाउने हो भने पुनःप्रयोग गर्न सकिन्छ । उल्लेखित प्रविधि नअपनाई पुनःप्रयोग गरेमा त्यसले सुरक्षा गर्छ भन्ने ग्यारेन्टी हुँदैन।

– अभाव भएको अवस्थामा भने एउटै मास्क तीन–चार दिन लगाउन सकिन्छ । अहिले स्वास्थ्यकर्मीहरूले पनि एउटै मास्क दुई तीन दिन लगाइरहेका छन् । किनकि, अहिले बजारमा मास्कको अभाव छ । कोरोना सक्रमितसँग एक्स्पोजर भएको छैन भन्ने लागेसम्म हामी पनि एउटै मास्क एकभन्दा बढी दिनसम्म लगाइरहेका छौँ । तर, स्वास्थ्यकर्मीले ड्युटी टाइम सकिएपछि अर्को मास्क लगाउनुपर्ने नियम चाहिँ छ । कोरोनाको बिरामी हेर्ने डाक्टरको हकमा एक बिरामी हेर्दा एउटा मास्क लगाउनुपर्ने नियम छ ।

कपडाको मास्क कति प्रभावकारी ?

– कोरोना फैलिएको अहिलेको अवस्थामा कपडाको मास्क प्रभावकारी छैन । कपडाको मास्कले ब्याक्टेरिया र भाइरस केहीलाई पनि छेक्दैन । सानो कोरबाट सजिलै भाइरस र ब्याक्टेरिया छिर्छन् । कपडाको मास्कले खाली धुलो धुवाँलाई मात्र छेक्छ । भाइरसबाट बच्न भने सर्जिकल मास्क र एन–९५ मास्क नै लगाउनुपर्छ ।

– मास्क लगाउँदा पनि निकै ध्यान दिनुपर्छ । फोहोर हातले मास्क छुनु हुँदैन । मास्क लगाइसकेपछि एकचोटि मुखले फुक्नुपर्छ । फुक्दा हावा बाहिर निस्क्यो भने मास्क राम्रोसँग लगाइएको छैन भन्ने बुझ्नुपर्छ । सास फुक्दा सजिलै बाहिर जाँदैन भने मास्क राम्रोसँग लागेको छ । बाहिरबाट हावा आएको छ भने त्यो पनि ठीक हुँदैन । त्यसैले बाहिर र भित्रबाट हावा नजाने गरी मास्क लगाउनुपर्छ ।

–  डाक्टर र नर्सहरूको मास्कले गर्दा घाउ बनेको र रगत आएको अहिले फोटोमा देख्न सकिन्छ । यो पूर्णतया मास्कको प्रयोग भएको हो । यदि मास्कबाट थोरै हावा छिर्‍यो भने पनि मास्कले काम गर्दैन । एयर टाइट हुने गरी मास्क लगाउनुपर्छ । यदि आफू एक्स्पोजर हुँदैछु भन्ने लाग्छ भने त झनै यो कुरा मनन गर्नुपर्छ ।

नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार