वन विज्ञान विश्वबिद्यालयले बनायो तितेपातीबाट स्यानिटाइजर, किसानका लागि अति उपयोगी हुने

🔗
8
Shares

भरतपुर : कृषि तथा वन विज्ञान विश्वबिद्यालय रामपुर चितवनले गाउँ घरमै पाइने तितेपातीको स्यानिटाईजर बनाएर बजारमा ल्याएको छ । विश्वबिद्यालयको जैविक प्रबिधि केन्द्रद्धारा तितेपातीको ह्याण्ड स्यानिटाईजर उत्पादन गरि बजारमा ल्याएको हो । स्यानिटाईजरमा तितेपातीसँगै ईथानल, ग्लिसिरल, हाईड्रोजन पेरो अकसाईड र निर्मलीकरण गरिएको पानीसँग मिश्रण गरिएको छ ।

यसलाई विश्वबिद्यालयका जीव रसायनशास्त्री उपप्रध्यापक सरोज सापकोटाको नेतृत्वमा विज्ञ टोलीले उत्पादन गरेको हो । जीव रसायनशास्त्री सापकोटा अहिले विद्यावारिधी गर्दै हुनुहुन्छ ।

तितेपातीको तेल ० दशमलब १२ प्रतिशत, ईथानल ८० प्रतिशत, ग्लिसिरल १ दशमलब ५ प्रतिशत, हाईड्रोजन पेरो अकसाईड ० दशमलब १२५ प्रतिशतलाई निर्मलीकरण गरिएको पानीसँग मिश्रण गरेर स्यानिटाईजर वनाएको सापकोटाले बताउनुभयो । यसलाई दुई सय मिलिग्रामको वोतलमा राखेर वजारमा लगिएको र स्यानिटाईजर विशेष गरी किसानका लागि बढी उपयोगी हुने वताइएको छ ।

विश्व विद्यालयले पहिलो चरणमा १ सय ८० लिटर सेनिटाईटर उत्पादन गरेको छ । अल्कोहल मिसिएको सेनिटाइजर बजारमा पर्याप्त नभेटिएका वेला तितोपातीको स्यानिटाइजर प्रभावकारी हुने वताइएको छ । यो सुरक्षाका दृष्टिले पनि उत्तम रहेको विश्वबिद्यालयको जैविक प्रबिधि केन्द्रका निर्देशक डा. ईश्वरी प्रसाद कडरियाले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार