पश्चिम नवलपरासी : पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका युवाहरुले छुट्टा छुट्टै दुई स्थानमा खुट्टाले सञ्चालन गर्न मिल्ने हात धुने स्टेशन अर्थात फुट अपरेटेड ट्याप जडान गरेका छन् । बायाँ खुट्टाले पेडल दबाउँदा साबुनको झोल आउने र दायाँ खुट्टाले पेडल दबाउँदा पानी आउने हात धुने स्टेसन सुनवल चोकमा र सुनवल नगरपालिकाको क्वरेन्टाइनमा जडान गरिएको हो ।
सुनवल नगरपालिका, लायन्यस क्लव अफ सुनवल र लियो क्लव अफ सुनवलको सहयोगमा खुट्टाले सञ्चालन गर्न मिल्ने हात धुने स्टेशन जडान गरिएको हो । पेडल दबाउन छोड्दा पानी वा साबुन बन्द हुने र हातले छोईरहनु नपर्ने भएकाले कोही कोरोना संक्रमित भएछन् भने पनि हात धुने स्टेशनको माध्यमबाट नसरोस् भन्ने हेतुले फुट अपरेटेड वाटर ट्याप अर्थात खुट्टाले सञ्चालन गर्न मिल्ने हात धुने स्टेशन जडान गरिएको बताईएको छ ।


1212 पटक हेरिएको 

