सर्लाहीमा दोश्रो चरणका स्वच्छता सामग्रीहरु सहयोग

🔗
6
Shares

सर्लाही : कोबिड १९ संक्रमण रोकथामका लागि सर्लाही जिल्लाका ५ स्थानीय तहलाई दोश्रो चरणमा स्वास्थ्य तथा स्वच्छता सामग्री सहयोग गरेको छ । अक्सफामको समन्वय तथा Poul Due Jensen Foundation को सहयोगमा वागमती सेवा समाज नेपालद्वारा हरिवन, लालबन्दी, इश्वरपुर, चन्द्रनगर, तथा हरिपुर नगरपालिकाहरुमा निर्माण गरिएको क्वारेन्टाइनहरु तथा हस्पिटलहरुका लागि हेण्डवास लिक्वीड ५०० मि. लि. ६० बोटल, हेण्डवास सोप ७२ थान, तौलिया ३० थान, धाराको टुटी तथा बिर्को सहितको प्लास्टिकको बाल्टिन ५४ थान, डिसइन्फेक्टेन्ट क्लोरिन सोलुसन १२५ के जी, सुखा फोहोर संकलन गर्ने भाडो १०२ थान, ट्रे ५ थान, फोहोर संकलन गर्ने कामदारहरुका लागि बुट ५ जोर प्रदान गरिएको हो ।


यस्तै ट्वाइलेट ब्रस ६ थान, सावुन राख्ने बट्टा ३० थान, रियुजेवल ग्लोब्स ३० जोर, मुभ ६ थान, स्प्रे ट्यांक ६ थान, पोलिथिन ब्याग १००२ थान, स्यानिटरी प्याड ५५ प्याकेट, ट्वाइलेट क्लिनर ६ थान, डिटरजेन्ट सोप ६० थान, मच्छर दानी ३० थान, तन्ना ६० थान, चप्पल ३० जोर, टुथ पेस्ट ३० थान, टुथ ब्रस ३० थान, फिनेल ५ बट्टा, गगल्स १०८ थान लगायत सामग्री सम्बन्धित स्थानीय निकायका प्रमुखलाई हस्तान्तरण गरिएको छ ।

यस्ता सामग्रीहरुको उपलब्धताले कोबिड-१९ संक्रमण बिरुद्ध लड्न स्थानीय निकायहरु अन्तर्गतका क्वारेन्टाइनहरु तथा स्वास्थ्य प्रदायक निकायहरुको दक्षता बढ्ने बिश्वास लिइएको छ । उल्लेखित स्थानीय निकायका प्रमुखहरुले बागमती सेवा समाज तथा अक्सफामले विपदको घडीमा पु(याएको योगदानको प्रशंसा गर्दै कोभिड १९ बिरद्धको लडाईमा निरन्तर सहकार्य गर्नुपर्ने बताउनुभयो ।

कोरोना भाइरसको सन्त्रास बढेयता वागमती सेवा समाजले सर्लाही जिल्ला लगायत प्रदेश नं. २ का बिभिन्न जिल्लाहरुका अस्पतालहरु तथा सर्लाही जिल्लाका स्थानीय निकायहरुका क्वारेन्टाइनहरुका लागि बिभिन्न चरणमा यस्ता स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु सहयोग उपलब्ध गराईरहेको छ ।

यस क्रममा २०७७ बैशाख २० गते वागमती सेवा समाज नेपाल हरिवन सर्लाहीद्वारा कोबिड १९ संक्रमण रोकथामका लागि निर्माण गरिएको उष्ण प्रदेशीय वागवानी क्वारेन्टाइन लालबन्दीलाई क्वारेन्टाइनका लागि, बैशाख २१ गते सर्लाहीका ४ स्थानीय तहहरु लालबन्दी, हरिवन, इश्वरपुर, तथा चन्द्रनगरलाई, बैशाख २२ गते हरिपुर नगरपालिका, जिल्ला अस्पताल सर्लाहीको आइसोलेसन युनिट, गाउँपालिकाहरु बसबरिया, तथा चकरघट्टालाई स्वास्थ्य सहयोग सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार