आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

🔗
11
Shares

काठमाडौ : सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि सबै तयारी पूरा भएको र विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर बसाइ व्यवस्थापन मिलाइएको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमणको महामारी बीच आउन लागेको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा जोड दिइएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । यस्तै कृषि उत्पादन वृद्धि, साना तथा मझौला उद्योग, पर्यटन, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, विपन्न समुदाय, निजी क्षेत्रलाई प्रोत्साहनलाई नीति तथा कार्यक्रमले जोड दिईएको छ । यही नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार