
विनोद महतो, धनुषा : कोरोना (कोभिड १९) भाइरसले अचेल श्रुर्ति कर्णको दैनिकी सरसफाइ फेरिएको छ । विहानको निन्द्रा खुलेदेखि नै सुरु हुन्छ, श्रुर्तिको सरसफाइको दैनिक जीवन । धनुषाधाम नगरपालिका वडा नं. २ गोविन्दपुर बस्ने श्रुर्ति त एउटा प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्तै अधिकांशको दैनिक जीवनको सरसफाइमा कोरोनाले अहिले परिवर्तन नै ल्याइदिएको छ । श्रुर्ति घरदेखि बाहिर जाँदा होस् वा बाहिरबाट घरसम्म आउँदा होस् साुबनपानीले हात धुने विर्सेकी हुँदैनन् । बाहिरबाट घरमा प्रवेश गर्ने वितिकै प्रवेशद्धारमे सावुन पानीले हात धुने व्यवस्था गरेकी छिन् । साबुनपानीले मिचिमिच हात धोएर मात्रै उनी घरभित्र जान्छिन् । उनी आफु मात्रै हैन, बरु घरका अन्य सदस्यलाई पनि साबुनपानीले हात धोएर मात्रै घर प्रवेश गर्न दिएकी छिन् ।

श्रुर्ति भन्छिन् ‘कोरोनाले हामीलाई सरसफाइको धेरै कुरा सिकायो, जुन हामीले कहिले सोचेका पनि थिएनौं, यस्तो पनि दिन आउँछ भनेर ।’ अब अहिले त साबुन र स्यानिटाइजर जीवनको सारथी नै भएको छ, जस्तो लाग्न थाल्यो उनी थपिन्, साबुन पानीले हात नधोएपछि केही गर्नै मन लाग्दैनन् । जे काम गर्दा पनि अब अघि र पछि साबुन पानी चाहि हाल्छ, घर बाहिर गेट र घरभित्र पनि साबुन पानीले हात धुने व्यवस्था गरेको छु, बाहिर जाँदा स्यानिटाइजर सँगै राख्छु ।’ गाउँको आफ्नै घरमै रेडिमेड कपडा पसल संचालन गर्दै आएकी श्रुर्ति पसलमा समेत साबुन पानी राखेको बताउँछिन् र पसलमा आउने आफ्ना ग्राहकलाई पनि उनी पहिला साबुन पानीले हात धुवाएर मात्र कपडा देखाउँछिन् ।
चुल्होदेखि चर्पी सम्म मात्र नभई अहिले त हरेक काम गर्दा र गरिसकेपछि साबुन पानीले हात धुने बानी नै परिसकेको भन्दै उनी साबुन पानी साथी भएपछि सँगै राखिरहेको बताईन् । साबुन पानी हाम्रो स्वस्थ जीवनको लागि अति महत्वूर्ण छ भन्ने पहिला थाहा पनि नभएको उनी सुनाउन थालिन, पहिला त साबुन के सादा पानीले पनि हात धुन परैको कुरा थियो । फोहर छोएको र चर्पी गरेको बेला मात्र साबुनपानीले हात धुन्थ्यो तर यो कोराना भाइरस र लकडाउनले हामीलाई सरसफाइको धेरै कुरा सिकाइदियो, हाम्रो दैनिकी फेरिदियो ।
रेडियो, टिभी, मोबाइलमा फोन लगाउँदा बजेको व्याक रिंग टोन, विभिन्न संघसंस्थाहरुबाट आएको मेसेज, गाउँमा भएको प्रचार प्रसार, माइकिंगले मैलै अहिलेको कोरोना जीवनलाई नै बदलिसकेको छु । अब त बानी परिसेकको छ, कोरोना पछि पनि यो व्यवहार छुट्ने छैन् श्रुर्ति अगाडी थपिन् । आफ्नो व्यक्तिगत सरसफाइ मात्र हैन् यो पुरा घरपरिवार, समुदाय, वातावरण र दुनियाँलाई बचाउन साबुन पानी आवश्यक छ, संक्रामण रोगव्याधीबाट बचाउन यति सस्तो औधषी हो, साबुन भने आफुलाई पहिला थाहा नभएको श्रुर्ति बताईन् ।

पूर्ण सरसफाइको अभियानकर्मी गाउँमा आउन थालेको र सबै ठाउँबाट कोरोनाबाट बच्न साबुन पानीले हात धुने कुरा जानकारी पाएपछि, साँच्चिकै हो, साबुन रोगबाट बचाउने सस्तो औधषी रहेछ बुझेछु । अहिले मेरो परिवारमा कसैलाई कुनै रोगले छोएको छैन्, किनकी हामी सरसफाइ मात्र हैन पूर्ण सरसफाइका महत्व बुझिसक्यौं, अब छैन् कुनै रोगको डर, यस्ता रोग र भाइरसलाई हामीले सरसफाइको माध्यमले सजिलै परास्त गर्छौ भन्ने श्रुर्तिको बुझाइ छ ।
अधिकांश सरुवा रोग हातको कारण लाग्छ, किनकी मुँख, अनुहार, नाक, कान, आँखामा बारम्बार गईरहेको हाम्रो हात, हत्केला सफा छैन् भने हामी अन्जानमा रोगलाई निम्तो दिईरहेका हुन्छौ, जो हामीलाई नै थाहा हुँदैन् । थाहा त्यतिबेला हुन्छ, जब हामी कुनै संक्रामक रोगको शिकार बन्छौ । त्यही हातले हामी दिनमा हजारौं काम गर्छौ, दिसा धुन्छौ, खाना पकाउँछौ, खान्छौं, फोहर छुन्छौ, उठाउँछौ, नाक, मुख, आँखा छुन्छौ लगायत धेरै यस्ता आनीबानीले हाम्रै फोहर हात हामीलाई रोगी बनाईदिन्छन् ।

त्यतिबेला पछताउनु बाहेको हामीसँग अरु कुनै विकल्प हुँदैन् र हामी तब पश्चताव गर्छौ, कि पहिला हामीले पूर्ण सरसफाइको व्यवहार किन अपनाएनौं । हो, त्यतिबेला पछुतो गरेर केही हुनेबाला पनि छैन् । यसको लागि हामीले अहिलेको यो कोरोना कहरमा पनि पूर्ण सरसफाइको महत्व बुझ्न सकेनौं भने हामी कहिले पनि सुध्रिनेबला छैनौं । नेपाल सरकारले पूर्ण सरसफाइका लागि हाल ७ वटा सूचकहरु निर्धारण गरेका छन्, जो सूचक आफ्नो व्यवहार परिवर्तनका माध्यमले पनि हामी सुर्ति जस्तै हासिल गर्न सक्छौं ।

यो कोरोनाले हामीलाई सरसफाइको क्षेत्रमा स्वास्थको लागि ठूलै अवसर पनि दिएको र शिक्षा पनि दिएको जुन हामीले समय छँदै आफु, आफ्नो, घरपरिवार, समुदाय, गाउँठाउँका हरेको नागरिकलाई पनि बुझ्नु र बुझाउनु आवश्यक छ । संसारिक परिवेश र हालत हेर्दा पनि अबको समय र भविष्यले यहि कुराको संकेत गर्दैछ, पूर्ण सरसफाइ अभियान बन्दैछ, हाम्रो जिवनको लागि वरदान । त्यसैले अन्तिममा पनि भन्छु, ‘‘स्वच्छ जीवन छ, हाम्रै हातमा, जव हुन्छ, साबुन पानी हाम्रो साथमा ।’’



1668 पटक हेरिएको 

