पशुपति क्षेत्र सरसफाइका लागि भारतद्वारा झण्डै ४ करोड सहयोग

🔗
19
Shares

काठमाडौ : भारत सरकारले पशुपति क्षेत्रको सरसफाइका लागि ३ करोड ७२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । पशुपति क्षेत्र सरसफाइ सुविधाका लागि पूर्वाधार निर्माण एवं अन्य कार्यका लागि दूतावास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं महानगरपालिका बीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारद्वारा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) का रूपमा यस परियोजनालाई नेपाल–भारत मैत्री विकास साझेदारीअन्तर्गत अनुदान दिइएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पशुपतिमा आउने तीर्थयात्री तथा पर्यटकका लागि सरसफाइ सुविधा निर्माण गर्न भारतले आर्थिक सहयोग गरेको हो । परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोषले भारतीय दूतावासलाई सन् २०१९ को अक्टोबर महिनामा पठाएको थियो । पशुपति क्षेत्र सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहँदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार