यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको पाँचौं अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दै आईरहेका छौं ।
पाँचौं अंकमा समेटिएका मूल बिषयवस्तुहरु :
जीविका समूहले महिला शसक्तिकरण र आर्थिक उन्नतिमा ल्याएको परिवर्तन सम्बन्धी रिपोर्ट ।
जीविका समूहको अवधारणा, सञ्चालन प्रक्रिया र आर्थिक उपार्जनको क्रियाकलाप सञ्चालन गर्दा प्राथमिकता दिनुपर्ने क्षेत्र लगायतका बिषयमा फण्ड बोर्डका मानव संसाधन तथा कार्यक्रम विकास महाशाखा प्रमुख टिका अधिकारीसँग गरिएको कुराकानी
र साथमा गुनासो सुनुवाई तथा कोरोना संक्रमणबाट बच्ने उपायका बिषयमा तयार पारिएका सचेतना सन्देश


1461 पटक हेरिएको 

