कोरोनाको समयमा वातावरणीय सरसफाइ र निसंक्रण कसरी गर्ने, हेरौं मार्गदर्शन

🔗
6
Shares

काठमाडौ : कोभिड-१९ रोग लागेको संक्रमित व्यक्ति खोक्दा वा हाछ्यु गर्दा जिवाणु युक्त स्वासप्रस्वासको थोपाहरु वा छिटाहरु उत्पन्न हुन्छन । यस अवस्थामा यदि कोभिड-१९ को संक्रमण नभएको व्यक्ति १ मिटरको दुरी भित्र छ र संक्रमितले कुनै सुरक्षा अपनाएको छैन भने तीन व्यत्तिलाइ पनि संक्रमण हुने जोखिम रहन्छ । साथै संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा छिटाहरु कुनै सतहमा परेमा उक्त स्थानमा रहेका जिवाणुहरु अन्य व्यक्तिको संम्पर्कमा आएमा रोग सार्न सक्ने अवस्थामा रहन्छ ।

अतः सक्रमित व्यक्तिका साथै जिवाणु रहेको सतहहरु रोगका स्रोतहरु हुन् । तसर्थ उक्त प्रदुषित, जोखिमयुक्त सतहबाट रोग सर्ने अवस्थालाइ कम गर्न कोभिड-१९ को बिरामी राखिएको स्थानको वातावरणीय सतहहरुका साथै बिरामीले प्रयोग गर्न सक्ने सम्भावित सतहहरुको राम्रोसँग सरसफाइ गरी नि.संक्रमिकरण गर्नु निकै महत्वपुर्ण छ । यसका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले वातावरणीय सरसफाइ र नि.संक्रमिकरणबारे अन्तरिम मार्गदर्शन नै जारी गरेको छ ।

स्वास्थ्य क्षेत्रका साथै अन्य क्षेत्रहरुमा प्रयोगमा रहेका विभिन्न सुबिधा र सामग्रीहरुबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्न सक्ने प्रक्रियालाइ कम गर्नु मार्गदर्शनको उद्देश्य हो । मार्गदर्शनले वातावरणीय सतहहरूको सरसफाइ र निसंक्रमिकरणको बारेमा मार्गदर्शन प्रदान गर्दछ ।

कोभिड – १९ को सन्दर्भमा वातावरणीय सरसफाइ र निसंक्रमीकरणबारे अन्तरिम मार्गदर्शन हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

Environmental_Cleaning__Disinfection_03-03-2077


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार