नगरपालिकाले खोलाको वहाव क्षेत्र कायम गरे बाँकी काम सँगसँगै : अध्यक्ष तिमल्सेना (भिडियो)

 2156 पटक हेरिएको

ललितपुर : अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष उद्धव प्रसाद तिमल्सेनाले गोदावरी खोलाको वहाव क्षेत्र कायम गर्ने काममा नगरपालिकाले निर्णय गरे बाँकी काम मिलेर गर्ने बताउनुभएको छ । गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले १०० औं हप्ताको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष तिमल्सेनाले गोदावरी खोलाको दायाँ बायाँ सडक करिडोर निर्माण गर्ने, गोदावरी खोलाको संरक्षण गर्ने लगायतको काममा सहकार्य हुने बताउनुभयो ।

हेरौं यो भिडियो :

त्यसअघि महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले गोदावरी खोलाको बहाव १० मिटर र दायाँ बायाँ दश दश मिटरको सडक कायम गर्ने गरी डिपीआर तयार भईसकेको र निर्णयार्थ मन्त्रीपरिषदमा पेश भईसकेको जानकारी गराउनुभएको थियो ।

यस्तै गोदावरी खोला क्षेत्र सरसफाइ अभियानका संयोजक बेबी राजभण्डारीले सरसफाइको काम विशुद्ध जनचेतनामूलक र स्वयंसेवी अभियान भएको बताउनुभयो । उहाँले हनुमन्ते दोभानसम्म पूर्ण रुपमा सफाइ नभएसम्म सरसफाइ अभियान नरोकिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हेरौं यो भिडियो :

गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको सयौं हप्तामा महालक्ष्मी नगरपालिकाको वडा नं. ६ सानो गाउँ र वडा नं. ८ को लुभु जोड्ने विष्णुडोल पूल आसपासको सरसफाइ गरिएको हो ।

बेबी राजभण्डारीको संयोजकत्वमा २०७५ साल फागुन २६ गते देखि गोदावरी खोला क्षेत्र सरसफाइ अभियान सुरुवात गरिएको थियो । सुरुमा आइतबार बिहान १ घण्टा सरसफाइ गर्दै आएकोमा सबैको सल्लाहले २५ हप्ता पछि हरेक शनिबार २ घण्टा सरसफाइ गर्दै आएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार