प्रति बर्ष ६० हजार घनमिटर दिसाजन्य लेदो व्यवस्थापन गर्ने सरकारको लक्ष्य (भिडियो)

काठमाडौ : सरकारले सन् २०२५ भित्र प्रति बर्ष ६० हजार घनमिटर दिसाजन्य लेदो व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । दिगो विकास लक्ष्य ६.२ प्राप्तिका लागि सरकारले लक्ष्य निर्धारण गरेर काम गर्न थालेको हो । दिगो विकास लक्ष्य सँगै गत डिसेम्बरमा पेरिस सम्झौतामा समेत हस्ताक्षर गरिसकेको नेपालले दिसाजन्य लेदो व्यवस्थापनको बार्षिक लक्ष्य निर्धारण गरेर काम गरिरहेको खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इञ्जिनियर योगेन्द्र चित्रकारले बताउनुभयो ।

हालै दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी काठमाडौमा भएको कार्यक्रममा सिनियर डिभिज्नल इञ्जिनियर चित्रकारले सुरक्षित र व्यवस्थित सरसफाइका लागि लक्ष्य निर्धारण गरेर काम भईरहेको बताउनुभयो । उहाँले टिकापुर, चरिकोट भोजपुर लगायत जिल्लामा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणका काम भईरहेको समेत बताउनुभयो ।

विस्तृतमा हेरौं यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार