काठमाडौ : आज विश्व पानी दिवस अर्थात मार्च २२ तारिख, सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारण सभाले २२ मार्चलाई विश्व पानी दिवसको रूपमा घोषणा गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो । सन् १९९२ मा रियो दि जेनेरियोमा भएको संयुक्त राष्ट्र संघको वातावरण र विकास सम्बन्धी सम्मेलनले मार्च २२ लाई पानी दिवस मनाउनका लागि सिफारिस गरेको थियो ।
विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा मनाईदै आएको छ । पानीको महत्वबारे जनचेतना जगाउने र स्रोतको दिगो व्यवस्थापन गर्न नीति निर्माण तहको ध्यानाकर्षण गराउन नेपालमा पनि हरेक बर्ष यो दिवस मनाउने गरिन्छ । यसबर्ष Valuing Water भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।
नारी र पानी बीचको सम्बन्ध, पानीमा नारीको संलग्न कम गर्नुपर्छ या पर्दैन ? पर्छ भने कसरी कम गराउन सकिन्छ ? पानीको सहज उपलब्धता भएमा महिला सशक्तिकरण, नारीको उत्पादकत्व र नारीको विकासमा कस्तो खालको परिवर्तन ल्याउँछ ? विश्व पानी दिवसको सन्दर्भ पारी हामीले पानी र नारी सँग सम्बन्धित रहेर एरोसानका राष्ट्रिय प्रतिनिधी एवं गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यसँग कुराकानी गरेका छौं ।
हेरौं यो भिडियो :


1270 पटक हेरिएको 

