मेलम्ची सुरुङ भरियो, १५ गतेदेखि पानी वितरण गर्ने यस्तो छ तालिका (भिडियो)

काठमाडौ : मेलम्ची नदीको पानी काठमाडौ ल्याउन बनाईएको साढे २६ किलोमिटर सुरुङ पानीले भरिएको छ । सुरुङ भरिएपछि सुरुङको दुवैतिरको ढोका बन्द गरी सम्भावित चुहावट तथा पानीको मात्रा घट्ने नघट्ने परिक्षण भईरहेको खानेपानी सचिव माधव बेल्बासेले जानकारी दिनुभयो ।

विश्व पानी दिवसको अवसरमा आयोजित कार्यक्रममा सचिव बेल्बासेले भन्नुभयो ‘हामी तीन चार दिन हेर्छौ, दुवैतिरको मुख बन्द गरेर राखिएको छ, वाटर लसेसहरु हेर्ने, केही समस्या आउँछ कि आउँदैन भनेर हेरिरहेका छौं ।’

गत फागुन १० गते देखि मेलम्चीको अस्थायी बाँध मार्फत सुरुङ परिक्षण गर्न थालिएको हो । फागुन २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजल ल्याईपुर्‍याएर काठमाडौमा पानी आईपुगेको सन्देश प्रवाह गरिएको थियो ।

कहिले देखि कति पानी वितरण ?

खानेपानी सचिव माधव बेल्बासेले यही चैत्र १३ र १४ गते सुरुङको फ्लसिङ गरिने बताउनुभयो । त्यसपछि १५ गतेदेखि खानेपानी वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको छ । उहाँका अनुसार निम्न परिमाणमा मेलम्ची पानी वितरण हुनेछ ।

♦ १५ गते देखि दैनिक ४ करोड लिटर

♦ त्यसपछि दैनिक साढे ६ करोड

♦ त्यसपछि साढे ८ करोड लिटर (दुई हप्ता जत्ति)

♦ वैशाख महिनामा साढे १७ करोड लिटर

 

विस्तृतमा हेरौं यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार