भल्बको चाबी खोलेर यसरी पठाईयो घरघरमा मेलम्चीको पानी (भिडियो)

काठमाडौ : बहुप्रतिक्षित मेलम्चीको पानी महांकाल चौर खानेपानी वितरण केन्द्रबाट काठमाडौ उपत्यकाबासीको घरघरमा पठाईएको छ । दिउँसो २ बजे काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्य, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा लगायतले भल्बको चाबी खोलेर काठमाडौ उपत्यकाबासीको घरघरमा पठाउनुभएको हो ।

हेरौं यो भिडियो :

केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत शाक्यले खोलिएको भल्बबाट देबकोटा सडक, बत्तीसपुतली, जयवागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोर्ट हाईट, धनवन्तरीमार्ग लगायत क्षेत्रका धाराहरुमा जाने जानकारी दिनुभयो ।

आज मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजलबाट ४ करोड लिटर पानी प्राप्त भएको र उक्त पानीबाट महाँकालचौर रिजर्भ्वायर ट्यङ्कका साथै अनामनगर, मीनभवन र खुमलटार स्थित पोखरीहरुमा समेत जम्मा भई त्यसक्षेत्रका उपभोक्तालाई समेत वितरण गरिने जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार