काठमाडौ : बहुप्रतिक्षित मेलम्चीको पानी आजदेखि काठमाडौ उपत्यकामा वितरण गर्न थालेको छ । महांकल चौरबाट आज दिउँसो २ बजे भल्ब खोलेर देबकोटा सडक, बत्तीसपुतली, जयवागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोर्ट हाईट, धनवन्तरीमार्ग लगायत क्षेत्रका धाराहरुमा पानी पठाईएको काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले जानकारी दिनुभयो ।
मेलम्चीको पानी उपभोक्ताको धारा धारामा वितरण गरिएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत शाक्यले काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का २ लाख ३० हजार धारा रहेको र हरेक धारामा दैनिक १ हजार लिटरको दरले पानी पठाईने जानकारी दिनुभयो ।
उहाँले हरेक धाराबाट १० जनाले मात्र लाभ लिने हो भने पनि दैनिक २३ लाख जनाले मेलम्चीको पानी पिउन पाउने जानकारी दिनुभयो । मेलम्चीलाई कतिले आउँदै नआउने र कतिले पूरा हुनै नसक्ने कथा भनेको स्मरण गर्दै आज उपभोक्ताको धारामा पठाएपछि सपना साकार भएको बताउनुभयो ।
हेरौं यो भिडियो :


1817 पटक हेरिएको 

