खानेपानीमा समान पहुँच पुर्‍याउन SNV नेपालको पहल (भिडियो प्रस्तुतीकरण)

काठमाडौ : ग्रामीण भेग होस् वा शहरी क्षेत्र, खानेपानीमा समान पहुँचको समस्या छ । खानेपानीको पहुँचको कुरा गर्दा मात्रात्मक उपलब्धतासँग मात्र नभई गुणस्तरीयता सँग पनि तुलना गर्ने हो भने झनै ठूलो खाडल छ । अर्थात खानेपानीमा सबै समुदायको समान पहुँच नपुग्ने कुरा मात्र होइन, कतिपय ठाउँका बासिन्दामा पर्याप्त पानी उपलब्ध भएपनि गुणस्तरयुक्त खानेपानीमा उनीहरुको पहुँच शून्य छ ।

समुदायमा बसोबास गर्ने सबै जनसंख्यामा खानेपानीको समान पहुँच नहुने र भएपनि गुणस्तरीय पानीमा पहुँच नपुग्ने अवस्थालाई दृष्टिगत गरी एसएनभी नेपालले दैलेख र सर्लाहीको चार/चार वटा पालिकामा सन् २०१९ देखि गुणस्तरयुक्त खानेपानीमा समान पहुँच पुर्‍याउन विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।

प्रस्तुत छ, दैलेख र सर्लाहीको चार पालिकाको सबै समुदायमा खानेपानीको समान पहुँच पुर्‍याउन, स्वच्छता सम्बन्धी व्यवहार परिर्वतन गर्न, पानीको समुचित प्रयोग तथा खानेपानीको दिगोपनाका लागि एस.एन.भी. नेपालले गरिरहेको क्रियाकलापको सन्दर्भमा एसएनभी नेपालका प्रोजेक्ट लिडर रतन बुढाथोकीले गर्नुभएको प्रस्तुतीकरण ।

हेर्नुहोस् यो भिडियो : 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार