ग्राउण्ड वाटर रिचार्ज सम्बन्धी के कस्ता संस्थागत जिम्मेवारी तथा नियम कानुन छन् ? (भिडियो प्रस्तुतीकरण)

काठमाडौ : ग्राउण्ड वाटर रिचार्ज अर्थात भूमिगत पानीको पुनर्भरण सम्बन्धी धेरैले सुन्दै आएका छौं । अझ ग्रामीण भेगका लागि भन्दा यो बिषय शहरी इलाकाका लागि ठूलो बिषय बनेको छ ‘ग्राउण्ड वाटर रिचार्ज’ ।

शहरी इलाकामा सतहको पानीको स्रोत प्रशस्त नहुने, भए पनि पर्याप्त नहुने र भूमिगत पानीमा भर पर्नुपर्ने भएकाले पनि ‘ग्राउण्ड वाटर रिचार्ज’ को बिषय बारम्बार उठिरहन्छ । कतिपय नगरपालिकाले त ग्राउण्ड वाटर रिचार्जका लागि नीति निर्माण गरी नयाँ घर बनाउँदा ग्राउण्ड वाटर रिचार्ज गर्ने सिस्टम बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

ग्राउण्ड वाटर रिचार्ज अर्थात भूमिगत पानीको पुनर्भरण गर्ने कुनै निकाय नै छैन त ? छ भने कुन मन्त्रालय वा विभागको माहतमा छ ? अनि भूमिगत पानीको पुनर्भरणका लागि के कस्ता नीति, नियम र कानुनहरु तर्जुमा गरिएका छन् ? केही समय अघि भूमिगत पानीको पुनर्भरण सम्बन्धी काठमाडौमा भएको एक कार्यशालामा ‘नेपालमा भूमिगत पानीको व्यवस्थापन’ बिषयमा हाईड्रो जिओलोजिष्ट सुरेसराज उप्रेतीले गर्नुभएको प्रस्तुतीकरण :

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार