काठमाडौ : (सोफेन) को दशौं कार्यकारिणी समिति सर्वसम्मत चयन भएको बिषयले यत्तिबेला धेरैको मथिंगल तताएको छ । ग्रामीण स्तरमा हुने विद्युत उपभोक्ता समिति, विद्यालयको समिति, वनको समिति, खानेपानी समिति जस्ता साना साना समितिमा समेत दुई तीन धार भएर चुनावी प्रक्रियामा गएको अभ्यास देख्दै आएका धेरैले प्राज्ञिक व्यक्तिहरुको संस्था सोफेनको कार्यकारिणी समिति सर्वसम्मत चयन भएको देख्दा आश्चर्य प्रकट गरेका छन् ।
३२१ जना मतदाता रहेको सोफेनमा चुनाव नै गर्नुपर्ने स्थिति आउँछ होला भनेर निर्वाचन समिति तयारी अवस्थामा थियो । तर चुनाव गर्नुपर्ने परिस्थिति सिर्जना भएन । आखिर सोफेनमा कसरी सर्वसम्मत चयनको प्रक्रिया अपनाउन सफल भयो त ? सुनौं निर्वाचन समितिका संयोजक डा. हरेराम श्रेष्ठको यो भनाई ।


668 पटक हेरिएको 

